STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

पुरुष गायकको स्वरमा तिज गीत बजारमा

Janjati Khabar – विजयरत्न असंबरे | २०८० श्रावण २१, आइतबार

काठमाडौं - नेपालमा महिलाहरुले मनाउँदै आएको महान पर्व तीज नजिकीदै गर्दा कलाकारहरु यतिबेला तिजका गीत गाउन र गीतको म्युजिक भिडियो बनाउन व्यस्त छन् । हरेक वर्षको तिजमा जस्तै यसपाली पनि कलाकारहरुले आआफ्नै शैलीमा तीज गीतहरु बजारमा पस्कि रहेका छन् । यसरी प्रकाशमा आउने तिज गीतहरुमा विशेषत महिलाहरु कै स्वर रहेको हुन्छ भने कहिले काहीं मात्र तिज गीतमा पुरुष स्वर सुन्न पाइन्छ ।

यसै क्रममा गायक प्रकाश कटुवालको तीज गीत ‘नाठो पोई’ हालैमात्र सार्वजानिक भएको छ । गीतको म्युजिक भिडियोको निर्देशन स्मृति तिमिल्सिना ‘गुरूआमा’ले गरेकी हुन् । प्रकास कटुवालकै शब्द, संगीत रहेको गीतमा प्रकाश कटुवाल र सिर्जु अधिकारीको स्वर रहेको छ । भिडियोमा प्रकाश कटुवाल रामचन्द्र अधिकारी, निया गौतम, शोभा बिक र साजन बास्कोटाको अभिनय देख्न सकिने छ ।

 

भिडियो

 

Categorized in साहित्य-कला