STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

पीलुचौरमा ¥याफ्टिङ

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र २८, बिहिबार

 जिल्लाको उत्तरी भेगमा पर्ने चार स्थानीय तहको केन्द्रभाग रहेको पीलुचौरमा ¥याफ्टिङ सेवा सञ्चालनमा आएको छ । ऐतिहासिक महत्व बोकेको पादुका क्षेत्रको प्रवद्र्धनका लागि पीलुचौरस्थित कर्णाली नदी ¥याफ्टिङ  सेवा शुरु गरिएको छ । स्थानीय तहको अगुवाइमा सेवा सञ्चालन गरिएको हो ।
 
देशकै तेस्रो ठूलो नदी कर्णालीमा भएको जलपर्यटन प्रवद्र्धन र पादुका क्षेत्रको विकासका लागि ¥याफ्टिङ शुरु गरिएको स्वामिकार्तिक गाउँपालिका प्रमुख चिरञ्जीवी शाहीले बताउनुभयो । ¥याफ्टिङ  जगन्नाथ र स्वामिकार्तिक गाउँपालिकाको संयुक्त सहकार्यमा सञ्चालन गरिएको बताइएको छ । शुरुमा दैनिक छ डुङ्गा सञ्चालन गर्ने तयारी गरिएको छ । “पीलुचौरमा पुगेर ¥याफ्टिङको आनन्द लिन सकुन्, जसका कारण आन्तरिक पर्यटन विकासमा पनि टेवा पुगोस् भन्ने मान्यता हो”, अध्यक्ष शाहीले भन्नुभयो ।
चार स्थानीय तहको केन्द्रभाग रारा खप्तड, बडीमालिका, बूढीनन्दा पर्यटनमार्गको बीच क्षेत्र रहेको पीलुचौर क्षेत्रलाई स्थानीय तहले प्रमुख गन्तव्यका रूपमा विकास गर्न लागिपरेका छन् । खप्तडदेखि रारासम्मको पैदल दूरीमा पीलुचौर बीच स्थानमा पर्दछ । पैदल दूरीमा दुवै स्थान दुई दिनको यात्राले जोडिएका छन् ।
मानसरोवरसँगै जोडिएको पहाडको फेदी पीलुचौरमा रहेको, पाण्डवले बास गरेको र भगवान् शिवले तपस्या गरेको भूमिका रूपमा पीलुचौर अर्थात् पादुका क्षेत्रलाई लिने गरिएको स्थानीय जानकारहरु बताउँछन् । ¥याफ्टिङ  सेवा सञ्चालनका लागि डुङ्गा गाउँपालिकाले आफ्नै लगानीमा खरीद गर्ने र युवालाई सञ्चालनको जिम्मा दिने निर्णय गरेको स्वामिकार्तिक खापर गाउँपालिका अध्यक्ष शाहीले जानकारी दिनुभयो । शाहीका अनुसार ¥याफ्टिङ  सञ्चालन गर्ने प्राविधिकलाई तालीमसमेत दिइसकिएको छ ।
विदेशी नागरिकले व्यक्तिगतरूपमा ¥याफ्टिङ गर्दै आएका भए पनि सर्वसाधारणको सहज पहुँचका लागि सेवा दुई हप्ताअघिदेखि मात्रै सञ्चालन गरिएको छ । छिमेकी जिल्ला हुम्ला, मुगु र कालिकोट क्षेत्रको समेत आवतजावतको क्षेत्र भएकाले पनि पीलुचौरमा ¥याफ्टिङ सेवा प्रभावकारी हुने बताइएको छ । पीलुचौरबाट कर्णाली चिसापानीसम्म जाने आउने अवस्थाको अध्ययन गरेर पीलुचौर चिसापानी ¥याफ्टिङ सुविधा सञ्चालनका लागि पहल गर्ने सुदूरपश्चिम प्रदेश नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष कर्णबहादुर थापाको जानकारी दिनुभएको छ ।
 
चार स्थानीय तहको ठूलो बजार क्षेत्र, इलाका प्रहरी चौकी, पादुका पर्यटकीय क्षेत्र सबै हिसाबले पनि पीलुचौर क्षेत्रमा पर्यटन विकास अर्थात् ¥याफ्टिङ  सेवाले निकै बजार लिने गाउँपालिकाले विश्वास लिएको छ । बाजुरामा पहिलोपटक ¥याफ्टिङ सेवा पीलुचौरमा सञ्चालन गरिएको हो ।
Categorized in सिनेमा