STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

पीत पत्रकारिताका एक सूत्रधार र ‘मुर्गा’ पत्रकार

Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख ३, बुधबार

ललेन्द्र शाक्य

कीर्तिपुर १० वडा तःननि टोलमा गर्भवती महिला, उनका श्रीमान् प्रा. वैकुण्ठ शर्मा र उनीहरुकी छोरी गरी तीनजना शर्माकी साली बबिता आचार्य पौडेल डेरामा गत चैत २६ गते एम्बुलेन्सबाट पुगेका थिए । सरकारले लकडाउनको समय एक जिल्लाबाट अर्को जिल्ला जान बन्देज लगाएको, अझ भनौं एउटा पालिकाबाट अर्को पालिका जान प्रतिबन्ध लगाएको समय कीर्तिपुर १० वडा तःननि टोलमा उनीहरु आइपुगेका थिए । सरकारले आफ्नो क्षेत्रमा बाहिरबाट कोही आएमा अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्न आह्वान गरहेको समय स्थानीय बासिन्दाले नयाँ मानिसहरु कोरोना भाइरस संक्रमण रोकथामको लागि यस्तो सम्वेदनशील अवस्थामा क्वारेन्टाइनमा बस्न अनुरोध गर्नु स्वाभाविक हो, कर्तव्य र दायित्व पनि हो । चैत २६ गते स्थानीय सरकार कीर्तिपुर नगरपालिको आफ्नो क्षेत्रमा बाहिरबाट मानिस बस्न आएमा उनीहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्न÷बसाउन घरधनीसँगै स्थानीय समाजलाई पहल गरिदिन आह्वान गरी नगरपालिकाले आधिकारि रुपमा सुचना सार्वजनिक गरेको थियो । सोही दिन अर्थात् चैत २६ गते जाजरकोटबाट उनीहरु तःननि टोलमा आएका थिए । सरकारको आह्वानलाई पालना गर्नु आफ्नो कर्तव्य र दायित्व ठानेर ती बाहिरकालाई क्वारेन्टाइनमा बस्न स्थानीयले अनुरोध गरेका थिए । यत्ति अनुरोध गर्नु स्थानीय बासिन्दाले नेपाल सरकारको आह्वानलाई पालना गर्नु हो । यसरी सरकारको आह्वानलाई स्थानीय बासिन्दाले पालना गर्नु यदि नकारात्मक हो भने आह्वान गर्ने सरकार नै छ कि छैन ? भन्ने प्रश्न पनि उठ्नु स्वाभाविक हो । लकडाउनको समय सरकारले गरेको आह्वान पालना नगर्ने हो भने लकडाउनको औचित्य नै के भयो र ? तःननि टोलमा आफ्नी साली डेरा गरी बसेको कोठामा गर्भवती श्रीमती र छोरी लिएर आएका वैकुण्ठ शर्मा जाजरकोटका एक प्राध्यापक हुन् । त्यहाँको प्राध्यापक संघको उच्च पदमा आसीन पनि छन् । यस्ता शिक्षित व्यक्तिले सरकारले आह्वान गरेको नियमको पालना गरी आफू स्वयं जागृत भई क्वारेन्टाइनमा बस्न जानुपर्छ कि पर्दैन ? अब कुरा राष्ट्रिय दैनिक नागरिक र नागरिक अनलाइनमा प्रकाशित ‘गर्भवती डेरा निकाला’ समाचारले स्थानीय आक्रान्त र आक्रोशित बनेको छ । यो सरासर झूठ हो । अहिलेको लकडाउनलाई र सरकारको आह्वानलाई स्थानीय जनताले पालना गरी उनीहरुलाई क्वारेन्टाइनमात्र पठाएको हो । शर्मा जाजरकोटका, नागरिक पत्रिका र नागरिक अनलाइनमा समाचार सम्प्रेषण गर्ने पत्रकार दिलीप पौडेल पनि जाजरकोटकै हुन् । यति मात्र हैन, जाजरकोटबाट काठमाडौं जाने अनुमति दिने सहायक सिडिओ पनि जाजरकोटकै पौडेल थरका हुन् । आफ्नो चिनेका मानिस ठाउँमा छ जस्तो शर्माले ‘पावर’ प्रयोग गरे । आफू नजिकका नागरिक दैनिक र नागरिक अनलाइनका जाजरकोटका पत्रकार दिलीप पौडेलाई झुठा गतिविधिको जानकारी दिई पत्रकार पौडेललाई ‘मुर्गा’ बनाउने कार्य गरे र आफू त्यसको सूत्रधार हुनमा शर्मा सफल रहे । शर्माको अहमपूर्ण कदमको परिणाम नागरिक पत्रिका र नागरिक अनलाइनमा प्रकाशित समाचार ‘झूठ र पीत पत्रकारिता’को उदाहरणको रुपमा कुख्यात बनेको छ । नागरिकका पत्रकार दिलीप पौडेलले वैकुण्ठ शर्मासँग कुराकानी नै नगरी समाचार बनाएका त हैन होला । पौडेल एक वरिष्ठ, चेतनशील एवं उच्च ओहोदाका पत्रकार हुन् । यस्ता पत्रकारले हावदारीरुपमा समाचार सम्प्रेषण त गर्दैन । शर्माले आफ्नो क्षेत्रका पत्रकारलाई गलत र झूठा गतिविधिको जानकारी दिएर आफूसँग ‘पावर’ छ भन्ने ढोंगी घमण्ड र अहमता पूर्ति गर्न समाचार सम्प्रेषण गरे । शायद पत्रकार पौडेलले यति ठूलो ताण्डव नृत्य होला भन्ने सोचेका थिएनन् होला र आफूलाई शर्माले ‘मुर्गा’ बनाएको पनि चाल नपाएको हुनसक्छ । पत्रकार पौडेले पनि शर्मा आफ्नै क्षेत्रका भएकाले झुठ, गलत जानकारी दिँदैन भनी विश्वस्त भएरै शर्माको जानकारीलाई समाचार बनाई सम्प्रेषण गरेको हुनुपर्छ । आखिरमा पत्रकार दिलीप पौडेल आफ्नै क्षेत्रका गन्यमान्य व्यक्ति समाचार सम्प्रेषणको सूत्रधार शर्माबाट ‘मुर्गा’ हुनुपर्ने अवस्थामा पुगे, आफ्नो पत्रकारिता ‘करिअर’मा कालो दाग लगाए । यसलाई पत्रकार पौडेलको दुर्दशा र आफ्नै खुट्टामा बन्चरो हानेको ठान्नुपर्छ । शर्माले आफूसँग भएको ‘शक्ति’ प्रयोग गरी स्थानीय सरकारलाई समेत च्यालेन्ज गरेको छ । जस्तो, कीर्तिपुर १० वडाका वडाध्यक्ष अमन महर्जनले दिलोज्यान दिई उनीहरुकै हित र भलोको निम्ति सक्रिय रुपमा आवाज उठाइरहेका थिए । तर शर्माले वडाध्यक्षले कुनै साथ नदिएको र आफ्नोबारेमा नबोलेको कुरा नागरिक पत्रकार पौडेललाई बताएको छ, जुन पत्रकारले समाचारमा सम्प्रेषण गरे । यति मात्र हैन, शर्माले कीर्तिपुरको स्थानीय सुरक्षा निकायलाई समेत टाउको निहुराउन बाध्य बनाए । यस्तो सम्वेदनशील लकडाउनको समय सरकारले आह्वान गरेअनुरुप क्वारेन्टाइनमा बस्न जानु नै पर्नेमा त्यसको बेवास्ता गरी ‘पावर’ प्रयोग गरी कीर्तिपुरबाहिरका सात–आठवटा भ्यानबाट सयौं प्रहरीबल तैनाथ गर्न ल्याए । जब कि क्वारेन्टाइनमा बस्न जान स्थानीय सुरक्षा प्रशासनले सजिलै गर्न सकिने कामलाई पनि ‘माथिको अर्डर’मा शर्माले स्थानीय सुरक्षा निकायलाई लज्जित हुनुपर्ने स्थितिमा राखिदिए । कोरोना भाइरस संक्रमण रोकथामको लागि दिनरात नभनी सक्रिय रुपमा कदम चाल्दै आएका कीर्तिपुरका डिएसपी छेदीलाल कामतीको सामाजिक समाजसेवी कदमलाई समेत नाघ्न सफल भए जाजरकोटे प्राध्यापक शर्मा । तर असत्यको कहिल्यै जित हुँदैन, सत्यको नै जित हुन्छ । नागरिक पत्रिका र अनलाइनमा प्रकाशित समाचार झूठो हो । वैकुण्ठ शर्माको अहमपूर्ण ढोंगी, शिक्षित बुद्धि पराजित भएको छ । एकजना पत्रकारलाई पीत पत्रकारिता गराउने कार्य र उक्त पत्रकारलाई ‘मुर्गा’को भूमिका निर्वाह गराउने खेलमा आफू सूत्रधार हुन सक्षम त भयो, तर परिणाम पराजय नै प्राप्त भयो, आफ्नै खुट्टामा आफैले बन्चरो हान्नुप¥यो शर्माले । कीर्तिपुर नगरपालिका १० वडाका वडाध्यक्ष अमन महर्जनले नागरिक दैनिक र नागरिक अनलाइनमा पत्रकार दिलीप पौडेलले सम्प्रेषण गरेको झूठ समाचारलाई लिएर प्रेस विज्ञप्ति पनि सार्वजनिक गरिसकेको छ । सार्वजनिक विज्ञप्तिमा वडाध्यक्ष महर्जनले वास्तविक घटनालाई स्पष्ट रुपमा राखेका छन् । उनले गलत समाचार सम्प्रेषण गर्नेलाई चेतावनी दिँदै वास्तविकता बुझेर मात्र समाचार सम्प्रेषण गर्न भनेका छन् । (यहाँ क्लिक गरी १० वडाका वडाध्यक्ष अमन महर्जनको  प्रेस विज्ञप्ति हेर्न सक्नुहुनेछ) अहिले जाजरकोटका शर्मा, उनकी गर्भवती श्रीमती, छोरी र साली कीर्तिपुर नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बसिरहेका छन् । गर्भवतीलाई आइसोलेसनमा राखेर आवश्यक चिकित्सकीय सेवा सम्बन्धित निकायले दिइरहेको छ । वडाध्यक्ष महर्जनले गर्भवती महिलाको हेरविचारको लागि सम्बन्धित चिकित्सकहरुको निगरानीमा परीक्षण भइरहेको जानकारी दिएका छन् । यति मात्र नभएर खानपिनसँगै क्वारेन्टाइन र आइसोलेसन वार्डमा अन्य सबै सामग्री सुलभ रुपमा उपलब्ध गराउने कर्तव्य र दायित्व पनि सम्बन्धि निकाय हो, त्यो पूरा पनि गर्नुपर्छ । वैकुण्ठ शर्माजस्ता अहमतावादीहरुकै पक्षपोषण गरी नागरिक पत्रकार दिलीप पौडेलेजस्ता अरु पत्रकारहरु ‘मुर्गा’ हुनु नपरोस् भन्ने सन्देश पनि कीर्तिपुर १० वडा तःननि टोलको यस लकडाउन क्वारेन्टाइनको घटनाबाट सबैले शिक्षा लिनुपर्दछ ।
Categorized in विचार