STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पिम नेपालको वार्षिकोत्सवमा विभिन्न व्यक्तित्व सम्मानित

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ भाद्र २६, आइतबार

नेपालको चलचित्र,गीत , संगीतका कला संस्कृति र सामाजिक क्षेत्रमा क्रियाशिल  पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)ले आफ्नो स्थापनाको तेश्रो वर्ष पुरा गरेर चौथो वर्षमा प्रवेश गरेका छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यतामा शनिवार सम्पन्न वार्षिकोत्सव कार्यक्रम बरिष्ठ चलचित्र निर्देशक तथा कलाकार मोहन निरौलाको सभापतित्वमा सम्पन्न भएको थियो ।  उक्त कार्यक्रममा राष्ट्रिय गीतका रचनाकार व्याकुल माईला, बरिष्ठ संगीतकार राजु सिंह, बरिष्ठ पत्रकार विजयरत्न तुलाधर, बरिष्ठ पत्रकार एवं गीतकार शान्तिप्रिय, चर्चित संगीतकार सन्तोष श्रेष्ठ, चलचित्र पत्रकार एवं गीतकार डब्बु क्षेत्री विशिष्ट अतिथी का रुपमा रहेका थिए । 

त्यसैगरी गीतकार एवं सञ्चारकर्मी सुमन बैरागी, चलचित्र पत्रकार संघका उपाध्यक्ष जिवन पराजुली, अभिनेता प्रवण भुषाल, संचारकर्मी सुर्य चन्द, चलचित्र पत्रकार संघका पूर्व उपाध्यक्ष गीता अधिकारी, डेल्फिन काउन्सिल नेपालका अध्यक्ष तथा चलचित्र निर्माता श्रीदेव बिएल, साधना म्युजिक अवार्डकी अध्यक्ष एवं गीतकार सामना शाह, गोकर्ण लामिछाने, सञ्चारकर्मी बाबुराम सिग्देल, सञ्चारकर्मी सुमन कुमार श्रेष्ठ, गायिका लक्ष्मीपुरी प्रधान, चलचित्र विकास बोर्डका अर्काईभिष्ट एवं अन्तराष्ट्रिय सुचना अधिकारी चिरञ्जिवी गुरागाई आदीको कार्यक्रममा सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा वाईल्ड लाईफ फोटोग्राफर चुङ्बा शेर्पा, बागमति सफाई महाअभियानको संयोजक एवं बाल सारथी संस्थाको अध्यक्ष डा. माला खरेल, खेलाडी तथा लङ लाईन रेस्क्यू गर्ने पहिलो नेपाली महिला फुन्जो ज्याङ्मु लामा, गीतकार पुरुषोत्तम सानु, अधिवक्ता हरी वहादुर कार्की, गायक ओम सुनार, गायिका अस्मिता श्रेष्ठ, गीतकार समिर खान लगायतलाई विषेश सम्मान समेत गरिएको थियो ।कला संस्कृति, गीत संगीत, पर्यटन, समाजसेवा लगायत विभिन्न क्षेत्रमा ख्याति कमाएका व्यक्तिहरुलाई यस संस्थाले प्रोत्साहन गर्दै आएको छ भने कला र संस्कृतिको जगेर्नाको लागि आफु र आफ्नो कार्यसमितिका सदस्यहरु अहोरात्र लागि परेको पिम नेपालका अध्यक्ष माधव खरेलले बताए ।

 सो कार्यक्रमको स्वागत मन्तव्य संस्थाको महासचिव कमला जोशीले राखेकि थिइन् । 

संस्थामा उपाध्यक्ष पुर्ण राई र श्रीदेव भट्टराई, सचिव राजन थापा, कोषाध्यक्ष राजन खरेल, सदस्यहरु राममणि ढकाल, सपना जोशी, गीता सिंह, रज्जु गुरुङ, शोभा जि.सी, अर्जुन खरेल, नम्रता खरेल लगायतका रहेका छन् ।

कार्यक्रममा कला, साहित्य, संस्कृति, चलचित्र एवं गीतसंगीतका माध्यमबाट नेपालको पर्यटन प्रवद्र्धको विकासका लागि महत्वपुर्ण काम गर्न सकिने प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्रेष्ठले बताए । उक्त कार्यक्रममा सरकारका तर्फबाट यसै वर्ष देखी “भिजिट नेपाल डिकाडे”को अभियान सञ्चालन गरिने समेत बताए । 

पिम नेपाल जस्ता संस्थाहरुले कला संस्कृति एवं गीतसंगीत र पर्यटनको प्रवद्र्धनका लागि गरेका कार्यहरु पक्कै पनि देशको पर्यटन विकासका लागी महत्वपुर्ण भुमिका खेल्न सक्ने प्रमुख अतिथि मन्त्री श्रेष्ठले बताए ।संचारकर्मी तथा संगीतकार सरोज कोईरालाले सञ्चालन गरेको उक्त कार्यक्रममा शान्तिप्रिय, राजु सिंह, सन्तोष श्रेष्ठ, ब्याकुल माईला आदीले संस्थाको कार्यलाई सह्रना गर्दै आ–आफ्नो शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।फावनका सदस्यहरुलाई प्रमाण पत्र वितरण :

त्यसैगरी सोहि समारोहमा नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठन (फावन) ले पनि आफ्ना केही सदस्यहरुलाई प्रमाण पत्र वितरण गरेको छ ।स्वतन्त्र ट्रेड यूनियन महासंघ नेपाल (ईन्टुफ) का केन्द्रिय सदस्य तथा फावनका संयोजक एवं मानार्थ सदस्य समेत रहेका पिम नेपालका अध्यक्ष माधव राज खरेलको नेतृत्वमा समापन भएको उक्त कार्यक्रममा अभिनेता गजित विष्ट, निर्देशक ऋषि लामिछने, संगीतकार दिपक शर्मा, गायिका सुजाता के.सीलाई मानार्थ सदस्य प्रदान गरिएको थियो भने गीतकार डब्बु क्षेत्री, चलचित्र विकास वोर्डका अर्काईभिष्ट एवं अन्तराष्ट्रिय सुचना अधिकारी चिरञ्जिवी गुरागाईलाई सल्लाहकार सदस्य, चलचित्र पत्रकार एवं चलचित्र पत्रकार संघका उपाध्यक्ष जीवन पराजुलीलाई सदस्य एवं प्रेस सल्लाहकार तथा गायक पुर्ण राई, मोडल अभिनेता सागर घिसिङ तामाङ र कोरियोग्राफर अजय स्याङ्तानलाई सदस्यततको प्रमाण पत्र कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले प्रदान गरेका थिए ।कार्यक्रममा फावनका बरिष्ठ उपाध्यक्ष ऋषिराज आचार्य, महिला उपाध्यक्ष सरिता भारती, महासचिव राजन थापा, कोषाध्यक्ष कमला जोशी, सह कोषाध्यक्ष प्रवण भुषाल, सदस्य कृष्ण भट्टराई, सल्लाहकार व्याकुल माईला, मानार्थ सदस्य मोहन निरौला, शान्तिप्रिय लगायतको सहभागिता रहेको थियो । नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठन स्वतन्त्र ट्रेड यूनियन महासंघ नेपाल (ईन्टुफ) को राष्ट्रिय संघहरु मध्येको एक हो ।

Categorized in साहित्य-कला