STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

पार्टीको बैठक तुरुन्तै बोलाउन माधव नेपालको माग

Janjati Khabar – Janjati Khabar | २०७७ फाल्गुण २७, बिहिबार

काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टीको बैठक तुरुन्तै बोलाउन माग गरेको छ ।

नेपालको निवास कोटेश्वरमा बसेको स्थायी कमिटीका सदस्यको भेलाले सर्वोच्चको आदेशअनुसार एमाले पुनःस्थापित भइसकेको यतिका दिन भइसक्दासमेत अध्यक्ष केपी शर्मा ओलीले बैठक नबोलाउनु र छलफलसमेत नगर्नु चिन्ताको विषय भएकाले तत्कालै बैठकको माग गरेको उपाध्यक्ष भीम रावलले जानकारी दिए ।

बैठकमा नेता नेपाल निकट १३ जना स्थायी कमिटी सदस्यको सहभागिता थियो । अध्यक्ष ओलीले बैठक बोलाएर पार्टीलाई गतिशील बनाउनुपर्ने अन्यथा अवस्था फेरि तनावपूर्ण हुनसक्नेमा पनि भेलाले सचेत गराएको छ।

ओली पक्षले विभिन्न ठाउँमा माधव नेपाल पक्षका नेता कार्यकर्तामाथि दुर्व्यवहार गरिरहेको र त्यस्ता क्रियाकलाप तत्कालै रोक्न पनि भेलाले माग गरेको नेता रावलले जानकारी दिए । अध्यक्ष केपी शर्मा ओली पक्षले पेल्ने सङ्केत मिलेपछि त्यसैअनुसारको रणनीति तय गर्ने विषयमा छलफल भएको पनि नेताहरुले जनाएका छन् ।

सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी ब्युँताएपछि एमालेको औपचारिक बैठक बस्न सकेको छैन् ।

Categorized in राजनीति