STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

पर्यटन प्रवद्र्धनका लागि आँधीखोलामा ¥याफ्टिङ

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन १२, आइतबार

सरकारले सन् २०२० लाई नेपाल पर्यटन वर्षका रूपमा मनाउने तयारी गरिरहेका बेला स्याङ्जाको वालिङका युवाहरूले पर्यटन प्रवद्र्धनका लागि आँधीखोलामा पत्रकारलाईसमेत ¥याफ्टिङ गराएका छन् । वाण्डरफुल वालिङ संस्थामा आबद्ध युवाहरूले संस्थामार्फत पर्यटन प्रर्वद्धनमा सक्रिय भएर लागेका छन् । नेपाल सरकारले पर्यटन वर्षका रूपमा मनाउनका लागि प्रचारप्रसारमा लागिरहेका बेला भ्रमण वर्षलाई सफल बनाउने उद्देश्यका साथ सरकारले मनाउन लागेको भ्रमण वर्षलाई सहयोग गर्न पर्यटनका क्षेत्रमा काम गर्ने योजनाका साथ अगाडि बढेका छन् । श्रवण कुमार र उनका मातापितासँग जोडिएको धार्मिक तथा ऐतिहासिक महत्व रहेको आँधीखोलामा शनिबार पत्रकारसहितको टोलीले करीब २५ किलोमिटरको ¥याफ्टिङ यात्रा गरेको हो । धार्मिक तथा ऐतिहासिक महत्व रहेको आँधीखोलामा समेत ¥याफ्टिङको सम्भावना रहेकाले यसको प्रचारप्रसारका लागि ¥याफ्टिङको आयोजना गरेको वाण्डरफुल वालिङका कार्यवाहक अध्यक्ष आशिषप्रताप खांँणले बताउनुभयो । ¥याफ्टिङ व्यवसायी तथा गाइडर सुभाष थापाले बर्खाको मौसममा अन्य नदीहरूमा पानीको बहाब बढी हुने भएकाले ¥याफ्टिङ गर्न नपाइने तर आँधीखोलामा बर्खाको समयमा पानीको बहाबको मात्रा उपयुक्त हुने भएकाले बर्खाको तीन महिना साउनदेखि असोजसम्म सुरक्षित किसिमले ¥याफ्टिङको मजा लिन सकिने बताउनुभयो । पर्यटकीय नगरी पोखरा घुम्न आउने पर्यटकले आँधीखोलामा ¥याफ्टिङको मज्जा लिन सक्ने थापा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पोखराको नजिकै रहेको आँधीखोलामा राम्रोसँग प्रचारप्रसार गरेको खण्डमा जलयात्राको प्रचुर सम्भावना रहेको यो ठाउँ पर्यटकको आर्कषण गन्तव्य बन्न सक्छ ।” भीरकोट नगरपालिका–१ हेलुदेखि वालिङ नगरपालिका–१३ बायेटारीसम्म करीब २५ किलोमिटरको जलयात्रालाई व्यवस्थित गर्न सके आँधीखोलामा ¥याफ्टिङका माध्यमबाट रोजगारीका साथै आन्तरिक एवं बाह्य पर्यटकका माध्यमबाट राम्रो आम्दानी लिन सकिने वाण्डरफुल वालिङका सचिव गणेश राउतले बताउनुभयो ।
Categorized in सिनेमा