STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

पर्यटकको आगमन ८.३ प्रतिशतले वृद्धि

Janjati Khabar – Janjati Khabar | २०८१ भाद्र १७, सोमबार

काठमाडौं - सन् २०२४ को अगष्टमा विदेशी पर्यटकको आगमन ८.३ प्रतिशतले बढेको छ । नेपाल पर्यटक बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार सन् २०२३ को अगष्टको तुलनामा यस वर्षको सोही अवधिमा पाँच हजार ५६६ पर्यटक बढी नेपाल भित्रिएका हुन् ।

सन् २०२३ को अगष्टमा कुल ६७ हजार १५३ जना पर्यटक आएकोमा सन् २०२४ को अगष्टमा ७२ हजार ७१९ पर्यटक नेपाल भित्रिएका छन् । अगष्टमा भारतबाट सबैभन्दा बढी २५ हजार ८३२, चीनबाट ६ हजार ६१४, अमेरिकाबाट पाँच हजार ६१४, श्रीलंकाबाट चार हजार ८५१ र बंगलादेशबाट तीन हजार ७७ पर्यटक नेपाल आएका छन् । 

बोर्डका अनुसार सन् २०२२ को अगष्टमा ४१ हजार ३०४, सन् २०२१ को अगष्टमा ६ हजार ९३ र सन् २०१९ को अगष्टमा ९४ हजार ७४९ विदेशी पर्यटक नेपाल आएका थिए । रासस

Categorized in कृषि-पर्यटन