relans
ni new 83
nib 2082 5

परिवर्तन नेपालले मनाए गोपाल ढकाल छन्दे र धर्मेन्द्र आचार्यको जन्मदिन

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ आश्विन १२, बुधबार

साँस्कृतिक रूपान्तरणका कृयाकलापहरुमा सकृय रहँदै आएको संस्था परिवर्तन नेपालको आयोजनामा नेपाल चलचित्र कलाकार सङ्घको सहभागीतामा  बुधबार दुई अभिनेताहरुको जन्मदिन समारोह सम्पन्न गरेको छ । यसरी छन्देका नामले विख्यात हास्य अभिनेता गोपाल ढकाल र अर्का अभिनेता धर्मेन्द्र आचार्यको जन्मदिन  मनाउने क्रममा परिवर्तन नेपालका अध्यक्ष एवं कलाकार संघका उपाध्यक्ष मोहन निरौला ले विधिवत मन्त्रोच्चारण सहित दुबै कलाकारकालागि आशिर्वचनको साथमा नेपाली परम्परा अनुसार टिका लगाइदिनु भएको थियो ।

सो जन्मदिन समारोहमा कलाकार संघका अध्यक्ष रविन्द्र खडका लगाएत अभिनेता एवं निर्माता रोहित रुम्बा, अभिनेता रामेश्वर बुर्लाकोटी, अभिनेता श्रीदेब भट्टराइ, सन्चारकर्मि भरत बमजन, निर्देशक एवं सन्चारकर्मि माधवराज खरेल लगाएत ले दुबै अभिनेताहरुलाई जन्मदिनको शुभकामना सहित बधाई दिनु भएका थिए भने यसरी नै कलाकार संघको कार्य समितिमा आबद्ध अन्य कलाकारहरुको जन्मदिन बारे समय मै जानकारी पाए यसरी नै उत्सवको रुपमा जन्मदिन समारोह मनाउन आफु ईच्छुक रहेको कुरा मोहन निरौला ले बताउनु भएको छ ।

Categorized in साहित्य-कला
ppp 2