STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

पत्रकार प्रज्वल शाक्यले गाए गीत वन्दना खड्कासंग

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ श्रावण १, शुक्रबार

रेडियो उपत्यका एफएममा आबद्द सन्चारकर्मि प्रज्वल शाक्यलाई अब गायकको रुपमा पनि हेर्न र सुन्न पाउने भएको छ ।  एक गायकको रुपमा उहाँ ले गाउनु भएको मायाको परिभाषा बोलको यस युगल गीतमा वन्दना खड्का ले साथ दिनु भएको छ भने सोही गीतको म्युजिक भिडियो आज एक कार्यक्रम बीच सार्वजनिक गरिएको छ । रेडियो उपत्यका एफएम सन्चालन गरिरहेको युगवाणी नेटवर्कका अध्यक्ष पुष्पराज पराजुली को सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल प्रमूख अतिथीका रुपमा रहनु भएको थियो । सो कार्यक्रममा विशेष अतिथीका रुपमा पूर्व राज्य मन्त्री तिर्थ राम डंगोल , चलचित्र पत्रकार विजयरत्न तुलाधर असंबरे रहनु भएको थियो ।

कार्यक्रममा कार्यकारी सल्लाहकार कृष्ण के सि, कार्यकारी निर्देशक सुरेश आचार्य लगायत यस गीतका गायक तथा म्युजिक भिडियोका निर्देशक शाक्य , संगीत संयाेजक लक्ष्मीप्रकाश मल्ल , रचनाकार एवं संगीतकार राजकुमार रायमाझीले पनि गीत र म्युजिक भिडियोबारे मन्तव्य राख्नु भएको थियो ।

यो म्युजिक भिडियोमा प्रतीश शाक्य , प्रयुक्ता के सि , बिगेन तुलाधर,  सरला सिलवाल र अम्बिका राई का साथमा गायकहरु प्रज्वल शाक्य र वन्दना खड्का लगायतले अभिनय गर्नु भएको छ भने गीतको सह निर्देशन र नृत्य निर्देशन आराध्य लक्ष्मी खड्गीले गर्नु भएको छ ।

म्युजिक भिडियाेकाे लागि यहाँ क्लिक  गर्नुहोला

https://youtu.be/OCdE8bsBVsI

Categorized in साहित्य-कला