relans
ni new 83
nib 2082 5

पत्रकार दबूको कार्यक्रममा कमलपोखरीमा राजनीति हावी भएको मेयर शाक्यको दावी

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ माघ १७, शनिबार

काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले कमल पोखरी पुनर्निर्माणका क्रममा राजनीति हावी भएको दावी गर्नु भएको छ । नेवाः राष्ट्रिय पत्रकार दबू काठमाडौं जिल्ला शाखा कार्यालयको  उद्घाटन कार्यक्रममा उहाँले उक्त कुराको दावी गर्नुभएको हो । विघटित संसदका सांसद गगन थापा लगायत स्थानीय जनतासँग पटक–पटक छलफल गरी डिजाइनलाई अन्तिम रुप दिइ कमल पोखरी पुनर्निर्माणको काम अघि बढाएको भन्दै पुनर्निमाणको धेरै काम सम्पन्न भएपछि अनावश्यक बखेडा झिकेर राजनीति गर्ने काम भएको उहाँले बताउनुभयो ।  

मेयर शाक्यले सम्पदाप्रेमिलाई पनि राजनीति आग्रह–पुर्वाहग्रह लिएर आन्दोलन नगर्न सुझाव दिनुभयो । 

उहाँले एकतर्फी रुपमा आरोप लगाएर भावुकता प्रकट गर्ने कुरा क्षणिक भएको पनि बताउनुभयो । 

रानी पोखरी पुनर्निमाणका क्रममा पनि  तथाकथित  सम्पदाप्रेमि भन्नेहरूले महानगरपालिकालाई बदनाम गर्न अनावश्यक आरोप लगाउने प्रयास गरेको भन्दै आक्रोस व्यक्त गर्नुभयो । 

नेवाः राष्ट्रिय पत्रकार दबू काठमाडौं जिल्ला समितिका अध्यक्ष अर्विनमान सिंको सभापतित्वमा भएको उक्त कार्यक्रममा समितिका पदाधिकारीहरू मनोजरत्न शाही, रत्न मन, प्रविण महर्जन लगायत केन्द्रीय अध्यक्ष सुरजबीर बज्राचार्यले पत्रकारहरु संगठित हुनु को महत्त्व र  नेवाः पत्रकार राष्ट्रिय पत्रकार दबू को उपादेयताबारे बोल्नु आ-आफ्ना विचार अभिव्यक्त गरेका थिए ।

Categorized in उपत्यका
ppp 2