STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

न्यायको माग गर्दै कलङ्कीदेखि माइतिघरसम्म हिँडेरै प्रदर्शन

Janjati Khabar – Janjati Khabar | २०७९ पौष २८, बिहिबार

काठमाडौं - निर्मला कुर्मी र नन्कुन्नी धोबीको न्यायका लागि भन्दै महिला अधिकारकर्मीहरुले काठमाडौंमा प्रदर्शन जारी राखेका छन् ।

बिहीबार पनि अधिकारकर्मीहरुले काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका छन् । उनीहरुले चरणबद्ध रुपमा आन्दोन चर्काइरहेका छन् ।

हाल उनीहरुले तेस्रो चरणका रुपमा आन्दोलन गरिरहेका हुन् । आन्दोलन स्वरुप आज उनीहरुले कलङ्कीदेखि पैदल र्‍याली गर्दै माइतीघर मण्डलामा विरोध कार्यक्रम गरे ।

बाँकेकी निर्मला कुर्मी र नन्कुन्नी धोबीलाई न्याय नदिइएको उनीहरुको आरोप छ । अधिकारकर्मी रुवी खान नेतृत्वको समूहले उनीहरुले ४ बुँदे मागसहित धर्ना दिइरहेका छन् ।

निर्मला कुर्मी हत्याको घटनामा न्यायिक आयोग गठन गर्नुपर्ने, न्यायिक आयोगमार्फत कुर्मीको तमसुकमा भएको सहीछाप चेक गरिनुपर्ने, मुद्दालाई अदालतसम्म पु–याइनुपर्ने र महिला आन्दोलनकारीको सुरक्षाको प्रत्याभूति गराउनुपर्ने अधिकारकर्मीहरुको माग छ ।

उक्त घटनाको सम्बन्धमा सरकारले पटक–पटक घटनाको सत्यतथ्य छानबिन गर्ने भन्दै प्रतिवद्धता जनाए पनि कार्यान्वयन नगरेको उनीहरुको आरोप छ ।

निर्मला कुर्मीको जग्गा कब्जा गर्नका लागि उनको हत्या गरिएको प्रदर्शनकारीहरुको आरोप छ । उक्त प्रकरणको छानविनका लागि सरकारले समितिसमेत गठन गरेको थियो ।

निर्मला कुर्मीका श्रीमानको २०६२ शालमा निधन भएको थियो । त्यसपछि २ छोराहरुसँग बस्दै आएकी निर्मलाको २०६६ सालमा दुवै छोराको १० दिनको अन्तरालमै शंकास्पद निधन भएको थियो ।

त्यसपछि २०६९ मा विभिन्न व्यक्तिले निर्मलाको नाममा रहेको १० कठ्ठा जग्गा अन्यले नै नामसारी गरेको पाइएको थियो ।

Categorized in राजनीति