STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेशनल प्रेस क्लब नेपालको वार्षिकोत्सवमा विभिन्न व्यक्तित्वहरु सम्मानित

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ आश्विन ६, बिहिबार

अग्रज पत्रकार रामकृष्ण कर्माचायको नेतृत्वमा रहेको नेशनल प्रेस क्लब नेपालको ३८ औं वार्षिकोत्सव तथा विश्व शान्ति दिवस २०२२ भव्यरुपमा सम्पन्न भएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानको सभाहलमा सम्पन्न भएको कार्यक्रममा विश्वशान्तिको कामना गर्दै विभिन्न संघसंस्थामा आबद्ध ५१ जना महिलाहरुको समुहले हातमा संयुक्त रुपमा दिप प्रज्वलन गरेका थिए ।

नेशनल प्रस क्लबका अध्यक्ष रामकृष्ण कर्माचार्यको सभापतित्वमा सम्पन्न भएको सो समारोहमा गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमाननद झा प्रमुख अतिथी रहनु भएको थियो । विशिष्ट अतिथी हरुमा काठमाडौं महानगरपालिका का निवर्तमान मेयर विद्या सुन्दर शाक्य, वरिष्ठ सिने पत्रकार विजयरत्न तुलाधर,सन्चारकर्मि सुर्य चन्द 

कार्यक्रममा ई. विनोद ढकाल आइसिटी व्यवसायी तथा पूर्व अध्यक्ष, क्यान महासंघ, रामशरण न्यौपाने सामाजिक अभियान्ता, भद्र कुमारी घले साहित्यकार सामाजसेवीे , कृष्ण कंडेल बहुचर्चित ईन्द्रेणी कार्यक्रम, भुपाल थापा बिम्ब प्रतिबिम्ब कार्यक्रम, नेपाल टेलिभिजन, चन्दा थापा, राष्ट्रसेवक कर्मचारी, सुर्यचन्द्र बस्नेत, चिफ रिपोर्टर, रासस, लेखरत्न शाक्य, लेखक, लुम्बिनी एन ईन्टरनल हेभन (सरकारी सेवा निवृत्त, सिटीइभिटी डाइरेक्टर), पुर्ण बहादुर राई गायक, पुरुषोत्तम सानु गीतकार , सागर घिसिङ तामाङ, अभिनेता÷मोडल, अजय स्याङ्तान कोरियोग्राफर, नवराज श्रेष्ठ युवा व्यवसायी, ऋषि लामिछाने चलचित्र निर्देशक, जीवन पराजुली चलचित्र पत्रकार, समीर खान गीतकार, रमेश दाहाल गीतकार, नरेन्द्र लिम्बु, खेलकुदकर्मी तथा स्पोर्ट लिडर, लक्ष्मण विष्ट पत्रकार, समाजसेवी तथा अध्यक्ष, ग्रीन सिटी हस्पिटल अभिषेक उप्रेती ,एनआरएन अष्ट्रेलिया, पदम उप्रेती, वरिष्ठ समाजसेवी, शिक्षाविद् तथा अध्यक्ष कार्डसन, राम प्रसाद महर्जन समाज सेवी, सोमा खत्री समाजसेवी, राजन थापा समाजसेवी, शोभा जी.सी गायिका, लगायतका व्यक्तित्वहरु सम्मानित भएका थिए ।

यस्तै गरि चलचित्र निर्देशक माधव राज खरेल, पत्रकार भरत राज उप्रेती र चलचित्र पत्रकार विष्णु प्रसाद सुवेदीको निर्णायक कमिटिले नेशनल प्रेस क्वलव नेपालबाट सम्मानित तथा अवार्डेड विभिन्न व्यक्तिहरुको छनौट गरेको थियो । सो समारोहमा समता शिक्षा निकेतन जोरपाटी, जेसीआइ पाटन, संगीतकार राजेन्द्र बजाई र वालगायिका सदिक्षा भुर्तेललाई कदर पत्र प्रदान गरिएको थियो । कार्यक्रममा बोल्दै चर्चित कार्यक्रम प्रस्तोता कृष्ण कंडेलले राष्ट्रलाई योगदान पुर्याउने हष्तिहरुको माझमा आफु सम्मानित हुन पाउदा निकै हर्षविभोर भएको र यसले थप शसक्तरुपमा लाग्न हौसला प्राप्त भएको बताएका थिए ।

यस्ते प्रमुख अतिथि उपराष्ट्रपति झाले नेशनल प्रेस क्लबको ३८ औं वार्षिकोत्सवको शुभकामना दिदै यसको उत्तरोत्तर प्रगतीको कामना समेत गरेका थिए भने कार्यक्रममा मन्तव्य राख्ने क्रममा सम्मानित हरु मध्ये समाज सेवी एवं लेखिका भद्रा घले , कृष्ण कंडेल,पद्म उप्रेती,विनोद ढकाल , पूर्व एअाइजि रणबहादुर चन्द , पूर्व मेयर शाक्य लगाएत का  वक्ताहरुले नेशनल प्रेस क्लबको सफलताको कामना गर्दै आ आफ्नो भनाईहरु राखेका थिए । कार्यक्रममा विभिन्न पेशा तथा व्यवसाय संग सम्बन्धित व्यक्तित्वहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

सोहि समारोहमा लेख रत्न शाक्यको Lumbini An Eternal Heaven र बासुदेव कर्माचार्य को “ललितपुर जिल्लाका प्रसिद्ध देवीदेवताको परिचय ”कृति बिमोचन समेत गरिएको थियो । कार्यक्रमको निर्देशक माधव राज खरेल, संयोजक भरतराज उप्रती, सदस्य सावित्री बस्नेत, कमला जोशी रहनुभएको थियो भने कार्यक्रमको संचालन गायिका विष्णु माया पौडेलले गरेकि थिइन् ।

 

Categorized in साहित्य-कला