STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेवा: नख: न्यूयोर्कको नयाँ नेतृृत्वमा डा. नरेश मान शाक्य

Janjati Khabar – विजयरत्न असंबरे | २०८० माघ २५, बिहिबार

नेवा: नख: न्यूयोर्कका महासचिव तुलसी नारायण चित्रकारले जूम (zoom) को माध्यमबाट साधारण सभा सम्पन्न गरेको छ । सो सभाको अध्यक्षता नख:का अध्यक्ष महेन्द्र बीर बज्राचार्यले गरेका थिए । प्रमुख अतिथिमा नख:का पूर्व अध्यक्ष तथा सल्लाहाकार विष्णु मान प्रधान थिए । उक्त सभामा उपस्थित सबैलाई प्रथम उपाध्यक्ष डा. नरेश मान शाक्यले स्वागत गरेका थिए । सभामा प्रमुख अतिथीका रुपमा संस्थापक उपाध्यक्ष, पूर्व अध्यक्ष तथा सल्लाहाकार विष्णु मान प्रधानले नेवाः नखः न्युयोर्कको स्थापना, यसको महत्त्व र इतिहासको बारेमा प्रकाश पारेका थिए । 

कार्यक्रमको शुरूमै उपस्थित सदस्यहरूको सहभागीताको दर्ता कार्य, सचिव अनित श्रेष्ठ र सह-कोषाध्यक्ष मेनी श्रेष्ठले गरेका थिए । कार्यक्रममा उपस्थित सबै सदस्यहरुले आ-आफ्ना परिचय दिएका थिए ।

खुल्लासत्रमा, महासचिव तुलसी नारायण चित्रकारले संस्थाको दुई वर्षको कार्यप्रगति विवरण तथा संस्थाले भए गरेका गतिविधीहरू प्रस्तुत गरेका थिए भने कोषाध्याक्ष सलोनी वन्त श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।पेश गरिएको सो प्रतिवेदन सभाले सर्वसम्मत पारित गर्यो ।

सभामा, दिवंगत भएका नखःका प्रथम उपाध्यक्ष डा. नरेश मान शाक्यका पिता  कर्ण मान शाक्यको सम्झनामा एक मिनेट मौन धारणा गरि उहाँको आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धांजली अर्पण गरिएको थियो ।

बन्द सत्रमा, नेवा: नख: न्यूयोर्कको चौंथो निर्वाचन, निर्वाचन आयुक्त विष्णु मान प्रधानले विधीपूर्वक सम्पन्न गरेका थिए । नयाँ कार्यसमितिको अध्यक्षमा डा. नरेश मान शाक्य, प्रथम उपाध्यक्षमा श्रुति अमात्य, द्वितीय उपाध्यक्षमा महेन्द्र कुमार बज्राचार्य, महासचिवमा तुलसी नारायण चित्रकार, सचिवमा अनित श्रेष्ठ, कोषाध्यक्षमा सलोनी वन्त श्रेष्ठ र सह-कोषाध्याक्षमा मेनी श्रेष्ठ निर्विरोध निर्वाचित भएका थिए भने कार्यसमितिको सदस्यहरूमा, दिपक कुमार प्रधान, नम्रता प्रधान, राधिका श्रेष्ठ, किरण कुमार रंजित, शोभना शाक्य, उजिला प्रधान, राजीव बाटाजु र सबिना शाक्य निर्विरोध निर्वाचित भएका थिए । १५ जनाको कार्यसमितिमा ८ जना महिलाहरू निर्वाचित भएका थिए ।सभाले विष्णु मान प्रधान र महेन्द्र बीर बज्राचार्यलाई सल्लाहाकारमा मनोनीत गरे।

नेवा: नख: न्यूयोर्क - नेवा: परम्परा, कला र संस्कृतिको संरक्षण, प्रवर्द्धन र नयाँ पिढिमा पुस्तान्तरणका लागि सन २०११ मा न्युयोर्कमा स्थापना गरिएको संस्था हो । यो संस्थाले समुदायको हितका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

Categorized in राष्ट्रिय