STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेवाः फिल्म सम्बन्धि विविध कार्यक्रमको घोषणा

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ श्रावण ७, शनिबार

नेपालको पहिलो राष्ट्रिय गान नेपालभाषाको लोकगीत ‘राजमति कुमति’ नै हो भनेर काठमाडौंमा शुक्रबार सम्पन्न कार्यक्रमका वक्ताहरुले दावी गरेका छन् ।

काठमाडौंमा सम्पन्न नेवाः कलाकार भेला र दुई एल्बम विमोचन कार्यक्रमका वक्ताहरुले नेपालको पहिलो राष्ट्रिय गानको रुपमा राजमति कुमति नै प्रयोग गरिएको भए तापनि राज्यको एक भाषा नीतिका कारण यो ईतिहास दबाइएको दावी गरिएको थियो ।

कार्यक्रममा राजमति कुमति गीतको महिला भर्सन ‘राजमानचा कुमानचा’ काे साथमा नेपालभाषाका गीति संग्रह एल्बम ‘राजमानचिया म्ये’ र गायक प्रचण्ड राजोपाध्यायको आधुनिक गीतको एल्बम ‘स्वर’ विमोचन गरिएको थियो ।

दुवै एल्बमको वरिष्ठ गायक जुजुकाजी रंजित र आदिबासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवारले संयुक्त रुपमा विमोचन गर्नु भएको थियो ।

कार्यक्रममा बोल्नुहुँदै महासंघका अध्यक्ष सुनुवारले नेपालको पहिलो राष्ट्रिय गानको महिला भर्सन सार्वजनिक भएकोमा खुसी व्यक्त गर्दै यो गीत र एलबमले नेपालको सहि ईतिहास कोर्न मार्गदर्शन गर्ने आशासमेत व्यक्त गरे ।

मन्तव्य व्यक्त गर्ने क्रममा प्रमूख अतिथी सुनवारले बताउनु भए अनुसार जङ्गबहादुर राणाले बेलायतमा नेपालको राष्ट्रिय धुनको रुपमा राजमति कुमति बजाउन लगाएका थिए । खस भाषाकै मात्र आधिपत्य स्थापित गर्न यो इतिहासलाई दबाउन खोजिएको तर, राजमानचा कुमानचाले नेपालको सहि इतिहास उजागर गर्नेछ भन्ने विश्वास  लिएको प्रमूख अतिथी सुनुवारले जिकिर गर्नु भयाे ।

त्यसैगरी वरिष्ठ गायक रंजितले बिना कुनै आर्थिक लाभको उद्देश्य लिएर नेवाः कला क्षेत्रमा लागि परेका सक्रिय कलाकारहरु देख्दा खुसी लाग्ने बताउनुभयो । साथमा आफुभित्र रहेको प्रतिभा लुकाएर नराख्न पनि रंजितले अनुरोध गर्नु भयाे ।

कार्यक्रमको आयोजक संस्था कन्फराक्टीभ मिडिया सोलुसन र नेवाः फिल्म सोसाईटीका अध्यक्ष विराजकाजी राजोपाध्यायं ले आउँदो भाद्र ३१ गते राजमानचा म्यूजिकल नाइटको आयोजना गर्ने घोषणा गर्नु भयाे ।

कार्यक्रमका सभापति राजोपाध्यायले सोही कार्यक्रममा नेवाः फिल्म डाइरेक्टरी, नेवाः फिल्म कोष र नेवाः फिल्म अवार्डसमेतको आयोजना गर्ने घोषणा गर्नु भएको थियो ।

कार्यक्रममा राजमानचा गीतका रचनाकार विनय राजाेपाध्याय र गायक प्रचण्ड राजाेपाध्यायले आआफ्नो गीत र अनुभवको बारेमा प्रकाश पार्नु भएको थियो । 

त्यसैगरी कन्फराक्टीभ मिडिया सोलुसनका प्रबन्ध निर्देशक रक्षण राजोपाध्यायले स्वागत मन्तव्य र नेवाः फिल्म सोसाईटीका सदस्य रुपेन्द्र श्रेष्ठले धन्यवाद मन्तव्य  राख्ने क्रममा संस्थाको गतिविधिबारेमा प्रकाश पार्दै आ–आफ्नो भनाई राख्नु भएको थियो ।

Categorized in साहित्य-कला