STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेवाः पत्रकार राष्ट्रिय दबू चितवनको चौथो साधारण सभा सम्पन्न

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ चैत्र ११, बुधबार

नेवाः पत्रकार राष्ट्रिय दबू चितवनको चौथो साधारण सभा बुद्ध बार सम्पन्न भएको छ । आज भरतपुरको होटल ग्लोबलमा एक कार्यक्रम गर्दै दबुको साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभा को उदघाटन  कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेवाः पत्रकार राष्ट्रिय दबुका केन्द्रिय वरिष्ठ उपाध्यक्ष नृपेन्द्र लाल श्रेष्ठले दबूले सदैव पत्रकारिताको हितको लागि  काम गरिरहेको बताए ।

यस्तै केन्द्रका महासचिव सुनिल महर्जनले नेपाली पत्रकारिताको घेरा फराकिलो बनाउन समावेशी सहभागिताको अभियान थाल्नुपर्ने धारणा राखे । महासचिव महर्जनले राज्यले भाषा संस्कृति मा प्रहार गरेको बताउँदै पत्रकारितामार्फत निरन्तर आवाज उठाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडा ,  क्रियाशील महिला पत्रकार मन्च चितवनका अध्यक्ष प्रमिता ढकाल ,  नेवा पत्रकार राष्ट्रिय दबूका केन्द्रिय उपाध्यक्ष सन्दीपकुमार श्रेष्ठ,  नेपाल आदिवासी जनजाति पत्रकार महासंघका केन्दिय सदस्य राजु चौधरी ,थारु पत्रकार महासंघका महासचिव सन्त कुमार चौधरी , नेपाल प्रेस युनियन चितवनका उपाध्यक्ष सूर्य प्रसाद अधिकारी, तामाङ पत्रकार संघ चितवनका अध्यक्ष ज्ञानेन्द्र तामाङ, थारु पत्रकार संघ चितवनका अध्यक्ष सुमित्रा महत्तो , प्रेस सेन्टर चितवनका अध्यक्ष प्रकाश ज्ञवाली, नेपाल आदिवासी महासंघ चितवनका सचिव  महेन्द्र दुरा , नेवा पुचः नारायणगढका अध्यक्ष ज्ञानेन्द्रमान् शाक्य लगायतले आफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रमको अध्यक्षता  नेवा पत्रकार राष्ट्रिय दबु चितवनका अध्यक्ष कमलमान श्रेष्ठले गरेका थिए ।

Categorized in राष्ट्रिय