STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेवाः देय् दबू काठमाडौं वडा नं. १६ र १७ को ‘त्यःछिंत्यः’ कार्यक्रम

Janjati Khabar – Janjati Khabar | २०८० पौष १७, मंगलबार

नेवाः देय् दबू काठमाडौं वडा नं. १६ र १७ को संयुक्त आयोजनामा ‘त्यःछिंत्यः’ कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम उपसभामुख ईन्दिरा रानामगरको प्रमुख आतिथ्यमा खुसिबुँ पहिक्वःमा सम्पन्न भएको हो । 

प्रमुख अतिथि रानामगरले कार्यक्रममा आएर आफूले पनि नेपालभाषा र खानाको मौलिक नाम थाहा पाएको र आफ्नो संस्कृति रक्षाको निम्ति नेवाः देय् दबू १६ र १७ वडाले आयोजना गरेको यो कार्यक्रम अनुकरणीय रहेको बताउनुभयो ।

नेवाः देय् दबू १६ वडाका अध्यक्ष सानुराजा महर्जनको सभापतित्व र १७ वडाका अध्यक्ष बाबुराजा महर्जनको संयोजकत्वमा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा सदस्य गणेश पराजुली, प्रदेशसभा सदस्य बसन्त मानन्धर र नेवाः देय् दबूका केन्द्रीय अध्यक्ष पवित्र बज्राचार्य विशेष अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा विभिन्न दलका प्रतिनिधिहरूलाई पनि अतिथिको रूपमा निमत्याईएको थियो । 

उक्त कार्यक्रममा अवसरमा राखिएको यःमरि, वः, समय्बजि, चतांमरि र नेवाः टिपिकल खाजाको स्टलले थप रौनक थपेको थियो ।

कार्यक्रमका अध्यक्ष सानुराजा महर्जनले स्वागत मन्तव्यको राख्नुहुँदै कार्यक्रमको मुख्य उद्देश्य नेवाः मौलिकतालाई जोगाउने र प्रवद्र्धन गर्ने रहेको बताउनुभयो ।

रचना महर्जन र मञ्जिल महर्जनले सञ्चालन गर्नुभएको कार्यक्रममा संयोजक बाबुराजा महर्जनले सबैको साथ र सहयोग भएमा आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु गर्दै जाने बताउँदै कार्यक्रमको समापन गर्नुभयो ।

Categorized in उपत्यका