STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेवाः गुठी न्युयोर्कको अध्यक्षमा विजयमान सिंह

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ आश्विन ४, सोमबार

अमेरिकाको न्युयोर्कमा बसोबास गर्दै आएका नेवार समुदाय को संगठनको रुपमा रहेको नेवाः गुठी न्युयोर्कको आठौँ महाधिवेशन न्युयोर्कको ज्याक्सन हाइटस्थित थकाली रेस्टुरेन्टमा भव्यरुपमा सम्पन्न भएको छ । गुठीका संस्थापक  बीके नेवाः प्रमुख अतिथिको रुपमा रहेको सो महाधिबेशनको प्रमुख अतिथीले पानसमा बत्ती बाली कार्यक्रम शुभारम्भ गर्नुभएको थियो ।

कार्यक्रममा गुठीका उपाध्यक्ष विजयमान सिंहले स्वागत भाषण गर्नुभएको थियो भने सचिव सन्तोष महर्जनले वार्षिक प्रतिवेदन र सहकोषाध्यक्ष हृदय तुलाधरले वार्षिक आयव्यय वितरण प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा पूर्वअध्यक्षहरु आदित्य महर्जन, समीर महर्जन, धर्मेन्द्र गोपाली, संस्थापक उपाध्यक्ष न्हुच्छेनारायण डंगोल, मीन नकर्मी, प्रकाशधर तुलाधरले  अमेरिकामा नेवाः गठीको अवश्यकता र यसको महत्वबारे प्रकाश पार्नुभएको थियो । उहाँहरुले नेपालमा सरकारले नेवारहरुको कला संस्कृति मास्ने काम गरेकोमा आपत्ति जनाउँदै नेवारहरुको कला र संस्कृति जोगाउन देश विदेशमा रहेका सम्पूर्ण नेवाःहरुलाई एकजुट हुन आह्वान गर्नुभयो ।अध्यक्ष निर्मल प्रधानको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उहाँले गुथिले गरेका कामबारे प्रकाश पार्दै आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिनुका साथै नयाँ कार्यसमितिको सफलताको कामना गर्नुभयो ।

उहाँले कार्यक्रम सफलताको लागि विभिन्न सामग्री लगायत खानाको व्यवस्था गर्ने नेपाः फेसन हाउस, समीर महर्जन, सूर्य महर्जन, नेपाल आदिबासी जनजाति महासंघलाई धन्यवाद दिनुभएको थियो ।

नयाँ कार्यसमितिको अध्यक्ष पदका लागि विजयमान सिंह र सुवर्णकुमार शाक्यले उम्मेदवारी दिनुभएको थियो । नयाँ कार्य समिति चयनका लागि निर्वाचन प्रमुख हुनुभएका पूर्वअध्यक्ष समीर महर्जनले प्रजातान्त्रिक तरिकाले निर्वाचन गराउनुभएको थियो ।

निर्वाचनमा विजयमान सिंहले अत्यधिक मत ल्याई अध्यक्षमा विजयी हुनुभयो । कार्यसमितिका अन्य सबै पदाधिकारीहरु भने निर्विरोध निर्वाचित हुनुभयो ।

कार्यक्रममा नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा अतिथिहरुलाई नेवार परम्परा अनुसार उसिनेको अण्डा, माछा र रक्सीको सगुनसहित टिका र खादा प्रदान गरिएको थियो ।

महिलाहरुको विशेष भूमिका रहेको सो कार्यक्रमको सञ्चालन सुवर्णकुमार शाक्यले गर्नुभएको थियो ।

महाधिवेशनबाट नयाँ कार्य समितिको अध्यक्षमा विजयमान सिंह, उपाध्यक्षमा राजेन्द्र महर्जन र राजन कर्माचार्य, महासचिवमा सन्तोष महर्जन, सचिवमा रामकृष्ण महर्जन, कोषाध्यक्षमा हृदय तुलाधार चयन हुनुभएको छ भने सदस्यहरुमा मीनलाल नकर्मी, राजेन्द्र महर्जन, राजेन्द्र श्रेष्ठ, निर्मल चित्रकार, पशुपति श्रेष्ठ, सरिता श्रेष्ठ, वीरेन्द्र मानन्धर र कविना महर्जन रहनुभएको छ ।

Categorized in अन्तर्राष्ट्रिय