STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेपाल साँस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको चौंथौं संस्करण मंसीर २२ देखि

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ मङ्सिर १५, बिहिबार

नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा  यहि  मंसिर २२ गतेदेखि २४ गतेसम्म तीन दिन सम्म हुने चौथों नेपाल साँस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०७९ मा ३४ राष्ट्र सहभागी हुने भएका छन् । 

तीन दिने यो चौथो चलचित्र महोत्सव काठमाडौंको राइजिङ मलस्थित क्यु एस हलमा उद्घाटन समारोह हुनेछ । चलचित्र विकास बोर्ड, राइजिङ मल र राष्ट्रिय नाचघर गरी तीन स्थानमा चलचित्र प्रदर्शन गर्ने आयोजक संस्थाका निर्देशक सन्तोष सुवेदीले बताएको छ।

सहभागी हुने राष्ट्रहरुमा नेपाल संगै भारत, इरान, संयुक्त राज्य अमेरिका, चीन, टर्की, बंगलादेश, क्यानडा, ब्राजिल, ट्युनेसिया, श्रीलंका, पोल्याण्ड, फिलिपिन्स, लाटिभा, जर्मनी, अर्मेनिया, बेलायत, जापान, इटाली, फ्रान्स, ग्रीस, लेभना, नेदरल्याण्ड, क्यामरुन, कम्बोडिया, बेल्जियम, युएइ, साउथ अफ्रिका, हंकङ, इजिप्ट लगायतका देशका ख्याती प्राप्त चलचित्रकर्मी सामेल हुने बताईएको छ। सो महोत्सवमा नेपालबाट ३४ वटा  र सहभागी अन्य राष्ट्रहरुबाट ७२ वटा गरी  जम्मा १०६ वटा चलचित्र प्रर्दशन हुने आयोजक संस्थाका निर्देशक सन्तोष सुवेदीले जानकारी दिए ।

उनका अनुसार फिचर फिल्म, डकुमेन्ट्री फिल्म, सर्ट फिल्म, चिल्ड्रेन फिल्म, इन्भारन्मेन्टल फिल्म, वुमेन फिल्म, हुमन राइट फिल्मस् प्रदर्शन हुनेछ भने उत्कृष्ट ३० विधाका चलचित्रलाई सम्मानित गर्ने समेत आयोजकले तयारी थालेको छ।

Categorized in साहित्य-कला