STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेपाल संवत्‌लाई सरकारी दस्तावेजमा उल्लेख गर्न नेवार समुदायको भूमिका महत्त्वपूर्ण छ : प्रधानमन्त्री प्रचण्ड

Janjati Khabar – Janjati Khabar | २०८० मङ्सिर ७, बिहिबार

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको मौलिक संवत्‌का रूपमा नेपाल संवत् स्थापित भएको बताएका छन् ।

नेपाल संवत् मूल समारोह समितिद्वारा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्रीले हरेक राष्ट्रको मौलिक संवत् प्रचलनमा रहेको सन्दर्भमा नेपाल संवत् पनि नेपालको मौलिक संवत् भएको बताएका छन् ।

विसं २०६५ मा आफू नेतृत्वको सरकारले नै नेपाल संवत्‌लाई राष्ट्रिय संवत् घोषणा गरेको स्मरण गर्दै प्रधानमन्त्रीले त्यसका लागि वाम अधिकारकर्मी पद्मरत्न तुलाधर र कवि दुर्गालाल श्रेष्ठको महत्त्वपूर्ण योगदान भएको बताए । श्रेष्ठ र तुलाधारले नेपाल संवत् तर्क र तथ्यसहित राष्ट्रिय संवत् हो भनेर ज्ञान दिएको प्रधानमन्त्रीकाे भनाइ छ ।

केही दिनअघिको मन्त्रिपरिषद्को बैठकले नेपाल संवत्‌लाई सरकारी कामकाजमा प्रयोग गर्ने निर्णय गरेको थियो । त्यसका लागि उत्प्रेरित गर्ने सबैलाई प्रधानमन्त्रीले धन्यवाद दिए । “यो हाम्रो संवत् हो सामाजिक न्यायसँग जोडिएको संवत् हो । सरकारी दस्तावेजमा उल्लेख गर्न नेवार समुदायको भूमिका महत्त्वपूर्ण छ ।”

नेपाल संवत् नेवार समुदायको मात्रै नभई प्रत्येक नेपालीको भएको प्रधानमन्त्रीले बताए । “यसमा गर्व गर्नुपर्छ । मौलिक संवतकाे रूपमा स्थापित गर्नुपर्छ”, उनले भने ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त मुलुक भएको वास्तविकता प्रस्तुत गर्दै प्रधानमन्त्रीले सामाजिक सद्भाव र राष्ट्रिय एकताको भावनाले ओतप्रोत नेपाल संवत्ल ‘सयौं थुङ्गा फूलका हामी, एउटै माला नेपाली…’ पनि सोही भावनालाई मुखरित गरेको बताए ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रअन्तर्गत विगतमा उत्पीडनमा रहेका समुदायले केही अधिकार प्राप्त गरेका उल्लेख गर्दै प्रधानमन्त्रीले ठूलो त्याग र बलिदानबाट ती उपलब्धि भएका बताए । नेपाली जनताले ७० वर्ष लामो आन्दोलनबाट प्राप्त भएको उपलब्धिलाई थप स्थापित गरेर जानुपर्नेमा प्रधानमन्त्री दाहालले जोड दिए ।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको आन्दोलनबाट प्राप्त अधिकारलाई संस्थागत गर्दै अगाडि बढ्नु आजको आवश्यकता भएको बताए । “सम्पूर्ण दल सचेत भएर अगाडि बढ्नुपर्छ, संविधानको भावना र मर्मलाई बुझेर कार्यान्वयन गर्न जुट्नुपर्छ”, उनले भने ।

Categorized in राष्ट्रिय