STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेपाल संवत्‌काे उपलक्ष्यमा राष्ट्रपतिबाट शुभकामना सन्देश

Janjati Khabar – रासस | २०७७ मङ्सिर १, सोमबार

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संवत् ११४१ ले समाजको उन्नति र प्रगतिका लागि निःस्वार्थ भावले अग्रसर रहन सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ । 

राष्ट्रपति भण्डारीले नेपाल संवत् नयाँ वर्षका अवसरमा आज  शुभकामना सन्देश  दिँदै यस संवत्‌ले सम्पूर्ण नेपालीका बीचमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

उहाँले सन्देशमा विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ को बढ्दो संक्रमणबाट जोगिन पूर्वसावधानीका उपायको अधिकतम पालना गर्दै नेपाल संवत्को नयाँ वर्ष मनाउन सबैमा आह्वान पनि गर्नुभएको छ ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाःद्वारा प्रवद्र्धन गरिएको नेपाल संवत् चन्द्रमास गणना गरेर तय गरिने नेपालको मौलिक राष्ट्रिय संवत् हो । यस संवत्‌काे पहिलो दिन कात्तिक शुक्लपक्ष प्रतिपदादेखि शुरु हुन्छ । लिच्छविकालीन राजा राघवदेवका समयमा काठमाडौँ उपत्यकामा रहेका गरीब जनतालाई ऋणमुक्त गरी साख्वाःले यस संवत्‌लाई प्रचलनमा ल्याएको मानिन्छ ।

Categorized in राजनीति