STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेपाल पक्षले फिर्ता लियो मुख्यमन्त्री राई विरुद्धको अविश्वास

Janjati Khabar – Janjati Khabar | २०७७ चैत्र १८, बुधबार

काठमाडाैं - नेकपा एमालेको माधव नेपाल पक्षले प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्धको अविश्वास प्रस्तावमाथिको समर्थन फिर्ता लिएको छ ।

गत पुष १२ गते तत्कालिन नेकपाको प्रचण्ड–माधव समूहमा रहेका प्रदेश सांसदहरुले मुख्यमन्त्री राई विरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।

अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका माधव नेपाल समूहका १६ सांसदहरुले अविश्वास प्रस्तावमाथिको समर्थन फिर्ता लिएका हुन् ।

नयाँ राजनीतिक परिस्थिती निर्माण भएकाले हस्ताक्षर फिर्ता लिइएको प्रदेश सभा सचिवालयमा दर्ता गरिएको पत्रमा उल्लेख छ ।

३७ जनाको हस्ताक्षरसहित अविश्वास जनाएपनि नेपाल पक्ष र माओवादी केन्द्रका केहि सांसदले यसअघि नै हस्ताक्षर फिर्ता लिइसकेका थिए ।

अविश्वास प्रस्ताव फिर्ता नलिए कारबाही गर्ने मुख्यमन्त्री राईले चेतावनी दिएका थिए । अविश्वास प्रस्तावमा दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री राई बहुमत सांसदको विश्वासमा झनै बलियो भएका छन् ।

Categorized in राजनीति