STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

नेपाल टेलिकमको सेवा आज राति चार घण्टा अवरुद्ध हुने

Janjati Khabar – Janjati Khabar | २०८१ श्रावण ३२, शुक्रबार

काठमाडौं - नेपाल टेलिकमको सेवा अवरुद्ध हुने भएको छ । टेलिकमले ग्राहक सेवा प्रणाली स्तरोन्नति गर्न लागेकाले आज राति ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र सोधपुछ सेवा प्रभावित हुने भएको हो ।

नेपाल टेलिकमको ग्राहक सेवा प्रणालीको नियमित स्तरोन्नति कार्य आज राति गर्दै छ । त्यसक्रममा शुक्रबार साउन ३२ गते राति ११ बजेदेखि करिब चार घण्टा सेवा प्रभावित हुने टेलिकमले जनाएको छ । 

नेपाल टेलिकमले आज सूचना जारी गरी उक्त जानकारी दिएको हो । नेपाल टेलिकमले ग्राहक सेवा प्रणालीको स्तरोन्नती कार्य नियमित भएको जनाएको छ । यसबाट ग्राहक वर्षमा पर्न जाने असुविधाप्रति टेलिकमले क्षमासमेत मागेको छ ।

सेवा सम्बन्धी समस्याका लागि १४९८ र १९८ मा सम्पर्क गर्न पनि टेलिकमले आग्रह गरेको छ।

Categorized in विज्ञान-प्रविधि