STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

नेपाली चलचित्र ‘शाम्बाला’ ओस्कार अवार्डका लागि सिफारिस

Janjati Khabar – Janjati Khabar | २०८१ भाद्र ३०, आइतबार

काठमाडौं - मीनबहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’ ले नेपालबाट आगामी ओस्कार अवार्ड प्रतिनिधित्व गर्ने भएको छ ।

नेपालबाट ओस्कारका लागि शाम्बाला फिल्मले मात्र आवेदन दिएपछि अब यो फिल्म ओस्कारका लागि सिफारिस हुने निश्चित बनेको हो ।

आवेदन दिने विहिबार अन्तिम मिति रहेको र शाम्बाला बाहेक अन्य कुनैपनि फिल्मले आवेदन नदिएको ओस्कारको नेपाल छनोट समितिले जनाएको छ । नेपालको छनोट समितिले फिल्मलाई आगामी नोभम्बरसम्म अमेरिका पठाइसक्नु पर्नेछ । 

ओस्कार अवार्डको ९७औं संस्करण आगामी मार्च ३ मा अमेरिकाको लस–एन्जलसमा आयोजना हुँदैछ । यस अघि विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सव समेत प्रदर्शन भएर प्रशंसा बटुलेको ‘शाम्बाला’ शुक्रबारदेखि नेपाली हलमा प्रदर्शन भएको छ । 

यस फिल्मको केही दिनअघि मात्र काठमाडौंमा बलिवुडका चर्चित अभिनेता नवाजुद्दीन सिद्धिकी र निर्देशक अनुराग कश्यपको उपस्थितिमा प्रिमियर गरिएको थियो । 

Categorized in सिनेमा