STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षकले दिए राजीनामा

Janjati Khabar – Janjati Khabar | २०७८ भाद्र १३, आइतबार

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा दिएका छन् ।

उनले ओमानमा जारी विश्व क्रिकेट लिग - २ पछि लागू हुनेगरी उनले राजीनामा दिएको बताइएको छ । भारतीय समाचार संस्था टाइम्स नाउ न्यूजले ह्वाटमोरको राजीनामा पत्र आफूसँग रहेको दाबी गरेको छ ।

ह्वाटमोरले महामारीका समयमा परिवारलाई समय दिन नसकेकाले यस्तो कठिन निर्णय गरेको राजीनामा दिएको पत्रमा उल्लेख  गरेको सो सञ्चार माध्यमले जनाएको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोली हाल पपुवा न्युगिनी विरुद्ध दुई खेलको मैत्रीपूर्ण सिरिज तथा आइसीसी विश्वकप क्रिकेट लिग-२ को खेलका लागि ओमानमा छ । टोलीले विहीबार ओमान पुगेर प्रशिक्षण पनि गरिसकेको छ ।

तर नेपाल क्रिकेट संघले भने यो खबरलाई पुष्टि गरेको छैन । क्रिकेट संघका महासचिव अशोकनाथ प्याकुरेलले पनि आफूले सञ्चार माध्यमबाट नै सो खबर सुनेको तर हालसम्म आफूलाई जानकारी नआएको बताए ।

ह्वाटमोर नेपाली क्रिकेट टोलीका हालसम्मकै हाइप्रोफाइल प्रशिक्षक हुन् । गत जनवरीबाट नेपालको प्रशिक्षकमा नियुक्त भएका उनको आगामी डिसेम्बरसम्म सम्झौता थियो ।

Categorized in खेलकुद