STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेपालसहित २२ सांसदलाई स्पष्टीकरण : अपराधपूर्ण कार्य किन गर्नुभयो ?

Janjati Khabar – Janjati Khabar | २०७८ श्रावण ६, बुधबार

काठमाडौं - नेकपा एमालेले शेरबहादुर देउवालाई विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदलाई स्पष्टीकरण सोधेको छ । अध्यक्ष केपी शर्मा ओलीले हिजो मङ्गलवार २२ जना सांसदलाई सोधेको स्पष्टीकरण पत्र सबैकोमा पठाइएको एमालेले जनाएको छ ।

स्पष्टीकरण पत्रमा सर्वोच्चको परमादेश विपरीत नहुने गरी भाषा प्रयोग गरिएको छ । पार्टीविरुद्ध भेला र गुटगत गतिविधि गर्ने तथा पार्टीको निर्देशन विपरीत विपक्षीलाई समर्थन गर्नेजस्तो अपराधपूर्ण कार्य किन गर्नुभयो ? भनेर पत्रमा सोधिएको छ ।

यस्तै पार्टीविरुद्ध भ्रम फैलाएको, गोपनीयता भङ्ग गरेको लगायतका कसुर गरेकाले तपाईँलाई पार्टीको जिम्मेवारीलगायत साधारण सदस्यबाटै किन नहटाउने ? भनेर स्पष्टीकरण सोधिएको छ ।

२४ घण्टाभित्र चित्तबुझ्दो जवाफ नदिएमा कारबाही हुने पनि एमालेले चेतावनी दिएको छ ।

केपी शर्मा ओली पक्षका आठ जनासहित २२ सांसदले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए ।

Categorized in राजनीति