STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेपालमा पहिलोपटक समलिंगी विवाह दर्ता

Janjati Khabar – Janjati Khabar | २०८० मङ्सिर १३, बुधबार

काठमाडौं- नेपालमा पहिलो पटक समलिंगी विवाह दर्ता भएको छ । लमजुङको दोर्दी गाउँपालिकामा उक्त विवाह दर्ता भएको हो ।

दोर्दी गाउँपालिका वडा नं २ का रामबहादुर गुरुङ (माया) ले नवलपरासी कावासोती नगरपालिका वडा नं ८ का सुरेन्द्र पाण्डेसँग गरेको विवाह कानुनी रूपमा दर्ता भएको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले जानकारी दिए ।

यसअघि समलिंगी विवाह दर्ता गर्न मिल्ने वा नमिल्ने विषयमा राय माग गर्दै पिंकी गुरुङ भन्ने सञ्जीव गुरुङसमेतले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिटमा सर्वोच्चले समलिंगी विवाह दर्ता गरी अस्थायी अभिलेख राख्न अन्तरिम आदेश जारी गरेको थियो ।

राष्ट्रिय पञ्जिकरण विभागले पनि स्थानीय तहहरूलाई उक्त आदेश अनुसार विवाह दर्ता गर्न परिपत्र गरेको छ ।   

Categorized in राष्ट्रिय