STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपालमा कोरोना संक्रमित संख्या ५४ पुग्यो

Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख १६, मंगलबार

काठमाडौं – नेपालमा पनि कोरोना संक्रमितको संख्या बढिरहेको छ । रौतहटमा दुईजनामा नयाँ कोरोना संक्रमण देखिएपछि नेपालमा कुल कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । यीमध्ये १६ जना निको भएर घर फर्किसकेका छन् भने बाँकीका विभिन्न अस्पतालमा आइसोलेसनमा राखी उपचार भइरहेको छ । रौतहटका दुई पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी गराएका छन् । उनीहरु भारतबाट नेपाल आएर कवारेन्टाइनमा बसिरहेका थिए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा उनीहरुको नमुना परीक्षण गरिएको थियो । कोरोना संक्रमित भेटिएको रौतहटको क्षेत्रमा स्थानीय प्रशासनले सिल गरेको छ । सिल गरिएको इलाकाबाट कुनै पनि ब्यक्ति बाहिर निस्कने र अन्यत्रबाट सिल गरेको इलाकामा प्रवेश गरेमा कानून अनुसार कारबाही गर्ने प्रशासन कार्यालयले सूचना निकालेर जनाएको छ । कोरोना संक्रमितको परिवार र समुदायलाई अलग गरेर इलाकाभरी मास स्क्रिनिङ गरी त्यसको रिपोर्ट नआउन्जेलसम्म त्यस इलाकाबाट कोही पनि बाहिर निस्कन र बाहिरबाट त्यस इलाका प्रवेश गर्न प्रतिबन्ध गरिएको छ । अहिले कोशी अस्पतालमा सबैभन्दा बढी ३१ जनाको उपचार भइरहेको छ । नारायणी अस्पतालमा ३, चितवनमा ३ र सेती प्रादेशिक अस्पतालमा १ जनाको उपचार भइरहेका छन् ।
Categorized in राष्ट्रिय