STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेपालभाषा स्टार म्यूजिक भिडियो अवार्ड्का प्रतिस्पर्धिहरु लाई शनिबार मनोनयन प्रमाण पत्र

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ पौष १६, शनिबार

नेपालभाषाको गीत - संगीत र चलचित्र क्षेत्रकै सबैभन्दा ठुलो पुरस्कार समारोह भनेर दाबी गरिएको नेपालभाषा स्टार म्यूजिक भिडियो अवार्ड्सको दोश्रो संस्करणको पुरस्कारको प्रतिस्पर्धामा रहेकाहरुको मनोनयन विभिन्न सामाजिक सन्जाल मार्फत सार्वजनिक नभइसकेको छ भने  शनिबार किर्तिपुर सिनेप्लेक्समा मनोनयनमा परेका हरुलाई प्रमाण पत्र गरिने भएको छ 

मनोरन्जन क्षेत्रमा सकृयता देखाउँदै आएको  संसार्स क्रिएसनले  शनिबार कीर्तिपुरमा एक कार्यक्रमको आयोजना गरी अवार्डको ३३ वटा विधाको मनोनयनमा परेका हरुलाई प्रमाण पत्रको साथमा सबै नोमिनिजलाई  मेडल प्रदान गरिन लागिएको कुरा आयाेजक संस्थाका प्रमूख स्वतन्त्रसंसार महर्जनले बताउनुभएको छ ।  

नेपालभाषा स्टार म्यूजिक भिडियो सवार्डको पहिलो संस्करणमा २८ विधामा अवार्ड वितरण गरिएको थियो भने दोश्रो संस्करणमा पाँच वटा विधा थपिएको छ ।

थप भएको विधामध्येमा प्रवासी कलाकार विधा अन्तर्गत देश बाहिर रहेर नेपालभाषाको गीतसंगीत र म्यूजिक भिडियो क्षेत्रमा योगदान पुर्‍याइरहेका प्रवासी कलाकारहरु पनि सम्मानित हुने भएका छन् ।

यसवर्ष अवार्डका प्रत्येक विधामा १०/१० जना प्रतिस्पर्धामा  रहेका छन् भने धार्मिक र देशभक्ति गीतको विधामा भने १५/१५ जना नोमिनेसनमा परेका छन् ।

संगीतका दुई फरक धारलाई एउटै विधामा राखिएको हुनाले १५ जनालाई नोमिनेट गरिएको संसार्स क्रिएसनका अध्यक्ष स्वतन्त्रसंसार महर्जनले बताए ।

अवार्डको पहिलो संस्करणमा जस्तै दोश्रो संस्करणमा पनि संसार सप्तरंगी कला सम्मानलाई निरन्तरता दिइने भएको छ भने यो वर्ष स्वतन्त्रसंसार महर्जनका पिता तेज बहादुर महर्जनको नाट्य र कला क्षेत्रमा रहेको योगदानलाई स्मरण गर्दै संसार तेज स्मारक कला सम्मान पनि थप गरिएको छ ।

सप्तरंगी कला सम्मान अन्तर्गत यस वर्ष वरिष्ठ संगीतकर्मी रत्न बेहोशी, वरिष्ठ कलाकार नगीना जोशी, सुशील राजोपाध्याय, गायक पवित्र कसाः, संगीतकार गोविन्द ह्यूमत, जुगल डंगोल र कलाकार, निर्देशक रामकृष्ण खड्गीलाई सम्मान गरिँदैछ ।

त्यस्तै संसार तेज स्मारक कला सम्मानबाट कला क्षेत्रमा तीन दशक बढि समयदेखि कलम चलाउँदै आएका वरिष्ठ पत्रकार श्याम स्मृत, वरिष्ठ निर्देशक पवन जोशी, वरिष्ठ तबला बादक र संगीतकार मनराजा नकर्मीको साथमा गायिका निशा देसार सम्मानित हुँदैछन् ।

सरप्राइजको रुपमा एउटा विधाको सम्मान अझै बाँकि रहेको र उक्त सम्मानको घोषणा पनि शनिबारकै कार्यक्रममै गर्ने योजना रहेको कुरा अध्यक्ष महर्जनले बताएका छन् ।

Categorized in साहित्य-कला