STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेपालभाषा स्टार म्युजिक भिडियो अवार्डले विश्व रेकर्ड राख्ने

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ आश्विन १५, शनिबार

नेपालको चलचित्र र संगीग क्षेत्रका सिर्जनशिल सर्जकका रुपमा पहिचान बनाएका स्वतन्त्र संसार महर्जनको संसार्स अनलाइन टिभिको आयोजनामा यो बर्ष दोश्रो नेपालभाषा स्टार म्युजिक भिडियो अवार्ड २०७९ हुने भएको छ। 

अवार्ड समारोह आयोजना का लागि विभिन्न चरणमा तयारी भइरहेको यस अवार्डमा मनोनयन भएका ८५ वटा नेपालभाषा म्युजिक भिडियोका स्रष्टाहरुलाई सो अवार्ड मा  सहभागि भए बापट  एक भव्य कार्यक्रमका बीच प्रमाण पत्र प्रदान गरिएको छ। पाँच मिनेटको म्युजिक भिडियोका लागि ७० भन्दा बढी विधामा अवार्ड राखेर विश्व रेकर्ड राख्ने योजनामा रहेको दोश्रो नेपालभाषा स्टार म्युजिक भिडियो अवार्ड २०७९ एक ऐतिहासिक नै हुने दावी आयोजक स्वतन्त्र संसार महर्जनको रहेको छ।

सहभागीता को दर्ता प्रमाण पत्र प्रदान समारोहमा अग्रज अभिनेता तथा निर्देशक पवन जोशी, ललितपुर महानगरपालिका वडा नंबर २१ का वडा अध्यक्ष रविन्द्र महर्जन, प्रथम नेपालभाषा चलचित्र पत्रकार विजयरत्न तुलाधर, नेवाः फिल्म सोसाइटीका अध्यक्ष सशक्त संचारकर्मी   विराजकाजी राजोपाध्याय, नेवा पत्रकार राष्ट्रिय दबुका अध्यक्ष सुरजबीर बज्राचार्य लगायतको विशेष आतिथ्यता रहेको थियो। मनोनयन दर्ता प्रमाण वितरण समारोहमा  आयोजक समितिका संयोजक प्रेमासंसार महर्जनले स्वागत मन्तव्य राखेकि थिइन्।

Categorized in साहित्य-कला