STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपालभाषा एकेडेमीको साधारण सभाबाट नयाँ पार्षद थपिए

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण २८, मंगलबार

नेपालभाषाको वाङमय क्षेत्रमा स्थापित एक प्राज्ञिक संगठन नेपालभाषा एकेडेमीको १८ औं साधारण सभा आज मंगलबार कीर्तिपुरको स्थित न्यामासिमा पाँच रुख अवस्थित सभा भवनमा सम्पन्न भएको छ । उक्त एकेडेमीका संरक्षक वाङमय शताब्दि पुरुष अति विशिष्ट संस्कृतिविद सत्यमोहन जोशी प्रमुख अतिथीका रुपमा रहेको सो साधारण सभा नेपालभाषा एकेडेमीका चान्सलर चित्तरन्जन नेपालीको सभापतित्वमा सम्पन्न भएको थियो । सो साधारण सभा मा उक्त एकेडेमीका सदस्य सचिव मल्ल के सुन्दरले वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष डा। पुष्पराज राजकर्णिकारले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो साधारण सभा मा जनकवि दुर्गालाल श्रेष्ठ , भाषाबिद हितकरवीर सिंह , डा।सुमनकमल तुलाधर र प्रमुख अतिथी डा।जोशीले मन्तव्य राखेका थिए । त्यसैगरी सो साधारण सभा ले नेपालभाषा एकेडेमीको पार्षदमा साहित्यकार निर्मल मान तुलाधर, नृत्य कलाकार नारायणदेवी प्रधान,साहित्यकार शाक्य सुरेन,पत्रकार सुरेशकिरण मानन्धर,चित्रकार एकाराम सिं र साहित्यकार पुर्ण मुनकःमिलाइ चयन गरेको छ भने माइक्रोसफ्ट विज्ञ एलन बैलोचन तुलाधरलाइ आमन्त्रित पार्षदको रुपमा चयन गरेको छ ।
Categorized in राष्ट्रिय