STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपालभाषा एकेडेमीको नयाँ चान्सलर मल्ल के सुन्दर

Janjati Khabar – विजयरत्न असंबरे | २०८१ माघ २०, आइतबार

नेपालभाषाको साहित्यिक र बौद्धिक क्षेत्रको एकमात्र  प्राज्ञिक  संस्था नेपालभाषा एकेडेमीको नयाँ चान्सलरको रुपमा मल्ल के सुन्दर  सर्वसम्मत चयन भएको छ । शनिबार सम्पन्न एकेडेमीको चौबिसौं वार्षिक सभाबाट मल्ल सर्वसम्मत रुपमा चान्सलर चयन भएका हुन् । एकेडेमीको विधान अनुसार सम्पन्न कार्यकारिणी समिति चयन प्रक्रिया मा मल्ल चान्सलर  डा पुष्पराज राजकर्णिकार भाइस चान्सलर  , महेन्द्र गोपाल कर्माचार्य सदस्य सचिव  तथा वीर प्रसाद भन्सारी कोषाध्यक्ष  लगायत दस सदस्यीय प्राज्ञहरुमा प्रा प्रेम शान्ति तुलाधर,शशीकला मानन्धर,  राजेन्द्र महर्जन पुता,राजितबहादुर श्रेष्ठ, विद्या चित्रकार र विजयरत्न असंबरे सर्वसम्मत चयन गरिएको छ । 

पन्ध्र सदस्यीय कार्यकारिणी समितिका लागि बाँकि पाँच प्राज्ञहरु सहवरण प्रक्रिया बाट निर्मल बज्राचार्य , रजनी मिला, शाक्य सुरेन, तुल्सी सायमी र कृष्णभक्त महर्जन मनोनयन गर्ने कुरा नव निवार्चित कार्यकारिणी समितिको पहिलो अनौपचारिक बैठकले निर्णय गरेको छ । बैठकले   निवर्तमान चान्सलर यज्ञरत्न धाख्वा:लाई एकेडेमीको संरक्षक पदमा मनोनयन गरेको छ ।

नयाँ कार्यकारिणी समिति चयन हुनु पूर्व सम्पन्न  एकेडेमीको २४ अौं वार्षिक सभा तत्कालिन चान्सलर यज्ञरत्न धाख्वाःको सभापतित्वमा सम्पन्न भएको थियो भने सभामा तत्कालिन भाइस चान्सलर मल्ल के सुन्दरले स्वागत मन्तव्य राख्दै एकेडेमीको कार्य योजनामा प्रकाश पारे । वार्षिक सभामा तत्कालिन सदस्य सचिव डा पुष्पराज राजकर्णिकारं लेवार्षिक र कोषाध्यक्ष वीर प्रसाद भन्सारीले अार्थिक प्रतिवेदन प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Categorized in राष्ट्रिय