STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपालगञ्जले अब ‘फोहरी शहर’को कटाक्ष सुन्नु पर्दैन

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ ९, बिहिबार

नेपालगञ्जले अब ‘फोहरी शहर’को कटाक्ष सुन्नु नपर्ने भएको छ । 
नेपालगञ्ज उपमहानगरपालिका–२३ हिरमिनियामा अत्याधुनिक ल्याण्डफिल साइड ९फोहर प्रशोधन केन्द्र० को निर्माण कार्य सम्पन्न भएपछि यो शहरले वर्षौंैदेखि सुन्दै आएको ‘फोहरी शहर’को कटाक्ष सुन्नु नपर्ने भएको हो । 
“अब टोलटोलमा थुपारिएका फोहर सफाइ कर्मचारीले सङ्कलन गर्नेछन् र ल्याण्डफिल साइडमा रहेको मेशिनबाट हामी फोहरलाई ‘मोहर’मा परिणत गर्नेछौँ”, नेपालगञ्ज उपमहागरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले भन्नुभयो । 
यो शहरमा दैनिक २५ देखि ३० टनसम्म फोहर उत्सर्जन हुनेगर्छ । हो, त्यही फोहर ल्याण्डफिल साइडमा पुगेपछि मोहरमा परिणत गर्ने उपमहानगरपालिकाको योजना छ । ल्याण्डफिल साइडमा दैनिक २६ टन फोहर भण्डारण गर्न सकिने वातावरण तथा सरसफाइ इञ्जिनीयर प्रकाश डिसीले बताउनुभयो ।
“तपार्इंहरु ढुक्क हुनुस्, अब नेपालगञ्ज शहर फोहरबाट मुक्त हुन्छ”, नगरप्रमुख डा धवलशम्शेर राणाले भन्नुभयो, “सबै नगरवासीले पनि नेपालगञ्जलाई फोहरमुक्त बनाउन हामीलाई साथ भने दिनुपर्छ ।”
एशियाली विकास बैंक, शहरी विकास आयोजना र नेपालगञ्ज उपमहानगरपालिकाको संयुक्त लगानी रु ३९ करोडमा डेढ वर्षअघि सो ल्याण्डफिल्ड साइडको निर्माण शुरु गरिएको थियो । सम्झौताअनुसार ल्याण्डफिल साइडको सञ्चालन एक वर्षसम्म निर्माण कम्पनीले नै गर्नेछ ।
प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलले भन्नुभयो, “उपमहानगरपालिकाका कर्मचारीले शहरमा कुचो लगाएर थुपारेको तथा नागरिकले डष्टबिनमा राखेको फोहर निर्माण कम्पनीका कर्मचारीले सङ्कलन गरी सञ्चालन गर्ने सम्झौता गरिएकोे छ । एक वर्षपछि ल्याण्डफिलको सबै जिम्मा उपमहानगरपालिकाले लिनेछ ।”
Categorized in राष्ट्रिय