relans
ni new 83
nib 2082 5

नेपालको नंबर वान विद्यालय कामना कला केन्द्रको कामना लिट्टिल डान्स च्याम्पियन २०१९

Janjati Khabar – जनजाति खबर | २०७६ पौष ७, सोमबार

काठमाडौं। नेपालको नंबर वान विद्यालय कामना कला केन्द्रको आयोजनामा कामना लिट्टिल डान्स च्याम्पियन २०१९ को रमाइलो सेमी–फाइनल र फाइनल पुस ५ गते शनिवार संपन्न भएको छ। शनिवार ११ बजेदेखि करिबन राति ८ बजेसम्म उक्त रमाइलो प्रतिस्पर्धात्मक गजबको प्रतियोगिता भएको हो। प्रतियोगी ३७ जना विभिन्न विद्यालयमा अध्ययनरत बालबालिकाहरुको प्रस्तुति एक से एक थियो। जसले गर्दा शारदा सोति शर्मा लगायतको निर्णायक टीमलाई निर्णय गर्न पनि हम्मे–हम्मे भएको थियो। सेमी–फाइनलवाट २१ जना फाइनलमा पुगेको थियो। पुसको अत्यन्त चिसो याममा पनि ती २१ जना बालबालिकाहरुले बबाल प्रतिभा प्रदर्शन गर्दा सवैलाई न्यानो अनुभव भएको थियो। प्रतियोगितामा यो बर्षको कामना लिट्टल डान्स च्याम्पियन लक्की शेर्पा बनेकी छन्। लक्कीले नगद १० हजार सहित ट्रफी प्राप्त गरेकी छन्। त्यस्तैगरेर, फस्ट रनरअप र सेकेण्ड रनरअप आयुप तामाङ र कृतिका सुनुवार भएका छन्। उनीहरुले क्रमशः नगद ७ हजार र ५ हजार नगदसहित ट्रफी प्राप्त गरे। फाइनलमा प्रतिस्पर्धी वांकी १८ जनाले पनि विभिन्न अवार्ड जितेका थिए। आयोजक कामना कला केन्द्रका संस्थापक निर्देशक तथा अग्रज नृत्य निर्देशक भुवन श्रेष्ठका अनुसार, विभिन्न चरणमा सहभागी कक्षा प्ले–ग्रुपदेखि कक्षा ४ सम्म अध्ययनरत भाइबहिनीहरु मध्येबाट अडिसन राउण्ड, मेगा राउण्ड, थियटर राउण्ड सुपर सेमी राउण्ड, टप सेलेक्टेड राउण्ड हुँदै अत्यन्तै प्रतिभावान् ३७ जना भाइबहिनीहरु सेमीफाइनल पुग्न सफल भएका हुन्। फाइनलमा २१ जना पुगेका थिए। प्रतियोगितामा ३८ विद्यालयका १ हजार २ सय जना विद्यार्थीहरुको सहभागिता रहेको जानकारी कार्यक्रम संयोजक नृप खत्री र केशव कोइरालाले दिएका छन्। कार्यक्रम काठमाडौंको गौशाला पिंगलास्थान स्थित नेपाल संगीत विद्यालयमा भव्य तथा सभ्य ढंगवाट कामना लिट्टल डान्स च्याम्पियन २०१९ भएको थियो।
Categorized in सिनेमा
ppp 2