STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

नेपालकी पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन

Janjati Khabar – Janjati Khabar | २०८१ फाल्गुण १७, शनिबार

काठमाडौं -  नेपालकी पहिलो महिला न्यायाधीश तथा सर्वोच्च अदालत पुग्ने दोस्रो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन भएको छ। 

सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेका अनुसार श्रेष्ठको उपचारका क्रममा शुक्रबार बिहान ५ बजे मृत्यु भएको हो। 

महराजगन्जस्थित प्रहरी अस्पतालमा उनको निधन भएको सूचना अधिकारी पाण्डेले जानकारी दिए। उनी ८३ वर्षकी थिइन्।

श्रेष्ठको शुक्रबार साँझ ४ बजे पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको थियो ।

Categorized in व्यक्तित्व