STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेपथ्य ब्याण्डको साङगीतिक माहोलमा रमाए कतारवासी नेपाली

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण २९, बुधबार

इस्लाम धर्मावलम्बहरूको पर्व बकरइदको अवसरमा ‘शान्तिको लागि सङ्गीत’ भन्ने नाराका साथ नेपथ्य ब्याण्डका अमृत गुरुङसहितको टोलीले कतारवासी नेपालीलाई साङ्गीतिक माहोलमा भरपुर मनोरञ्जन दिएको छ । कतारको ग्राण्ड मलस्थित एशियन टाउनको एम्पिथिएटरमा भएको कार्यक्रममा नेपथ्यका गायक गुरुङले गीत सङ्गीतकै क्रममा राष्ट्र समृद्ध बनाउन सबैजना जुट्नु पर्ने भन्दै आफ्ना निकै पुराना तथा नयाँ चर्चित गीतहरु गाएर दर्शकको मन जित्नुभएको थियो [caption id="attachment_19095" align="alignnone" width="900"] नेपथ्य ब्याण्डको कतार दोस्रो पटकको आगमन हो । ब्याण्डमा ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ, किबोर्डमा सुरज थापा र मादलमा शान्ति रायमाझीले साथ दिनुभएको थियो ।[/caption] कार्यक्रम आयोजक टिमका लक्ष्मण चौलागाईंले कार्यक्रम सफल बनाउन सहयोग पु¥याउने दर्शक एवम् सहयोगीहरुमा धन्यवाद दिनुभयो । उक्त कार्यक्रमको लेवल एफ एन एड्भर्टाइजमेन्ट एण्ड इभेन्ट मुख्य आयोजक रहेको थियो भने सहआयोजमा कास्की आदर्श सेवा समाज कतार र रामनगर ठिमुरा सेवा समाज कतार रहेका थिए ।
Categorized in सिनेमा