STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेदरल्यान्ड्स नकआउट चरणमा

Janjati Khabar – एजेन्सी | २०७८ आषाढ ४, शुक्रबार

युरोकप २०२० अन्तर्गत बिहीबार राति भएको खेलमा नेदरल्यान्डले अस्ट्रियालाई पराजित गरेको छ । नेदरल्यान्ड्सले अस्ट्रियालाई २-० गोलअन्तरले पराजित गरेको हो ।

खेलको ११औँ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै नेदरल्यान्डले अग्रता बनाएको थियो । नेदरल्यान्ड्सका लागि मेम्फिस डिपेले पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए ।

खेलको ६७औँ मिनेटमा डेन्जल डुम्फ्रिजले नेदरल्यान्ड्सका लागि दोस्रो गोल गरे ।

बल पोजिसन बनाउने हिसाबमा नेदरल्यान्ड्सभन्दा अस्ट्रिया अगाडि देखिएको थियो । तर, प्रहार कम हुँदा अस्ट्रिया गोलविहीन बन्न पुग्यो ।

समूह ‘सी’अन्तर्गतको नेदरल्यान्डले लगतार दुई खेल जितेको छ । यसअघि युक्रेनलाई हराएको नेदरल्यान्ड्सले दुई खेलबाट ६ अंक पाएको छ । योसँगै नेदरल्यान्ड्सले पनि ‘नकआउट’ चरणमा स्थान बनाएको छ ।

पहिलो खेलमा नर्थ मेसेडोनियालाई हराएको अस्ट्रिया भने ३ अंकसहित समूहको तेस्रो स्थानमा छ ।

Categorized in खेलकुद