STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

निहारिकाले विष सेवन नगरेको पुष्टि

Janjati Khabar – Janjati Khabar | २०८० बैशाख ७, बिहिबार

 

काठमाडौं- आफ्नै डेरामा अचेत अवस्थामा फेला परेकी ‘कुमारी आमा’ भनेर चिनिएकी निहारिका राजपुतले विष सेवन नगरेको खुलेको छ ।

विष खुवाइयो भनेर हल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेपछि उनलाई अस्पताल पुर्याएर चेकजाँच गर्दा अस्पतालले विष सेवन नगरेको रिपोर्ट देखाएको छ ।

उनको अवस्था अहिले सामान्य रहेको र आत्तिनुपर्ने अवस्था नरहेको पनि अस्पतालले जानकारी गराएको छ । निहारिका केही समयदेखि जनकपुरधाम उपमहानगरपालिका ४ विषहरामा छोरासँगै बस्दै आएका छन् । तर, बिहीबार उनी अचेत अवस्थामा भेटिएपछि उनलाई प्रहरीले अस्पताल लगेको थियो ।

स्थानीयका अनुसार निहारिका डेरामै छटपटाएकी थिइन् र तत्काल प्रहरीलाई खबर गरेर उनलाई अस्पताल लगिएको थियो । निहारिकाले ‘विष खुुवायो’ भन्दै चर्काे स्वर निकालेकी थिइन् । 

पछिल्लो समय निहारिका र शिवराजको सम्बन्धमा पुनः दरार पैदा भएको बताइएको छ । श्रीमानसँग सम्बन्धमा खटपट भएसँगै निहारिका छोरा च्याँपेर जनकपुरधाममा डेरामा बस्दै आएको बताइएको छ ।यसअघि निहारिका र शिवराजको सम्बन्धबारे मिडियादेखि सामाजिक सञ्जाल ताँतेको थियो । दुईबीच प्रेमको चक्कर चलिरहेको बेला निहारिका गर्भवती भएपछि शिवराजले पेटको बच्चा स्वीकार्न तयार नभएपछि निहारिकाले शिवराजविरुद्ध बलात्कार मुद्दा दर्ता गर्राएकी थिइन् ।

तर, उनको आवाज नसुनिएपछि छोरालाई काखमा च्याँपेर धर्नामा समेत बसिन् । तीन वर्षपछि अदालतले शिवराजलाई निर्दोष साबित गर्यो र बच्चा र शिवराजको डिएनए परीक्षण गर्न अदालतले आदेश दियो डिएनए परीक्षण गर्दा शिवराज र बच्चाको डिएनए मिलेपछि ०७९ माघ १७ मा जिल्ला अदालत धनुषामा शिवराज र निहारिकाले श्रीमान–श्रीमतीको रुपमा बस्ने भन्दै अब हल्ला नगर्ने भन्दै मिलापत्र गरेका हुन् ।

Categorized in अपराध-दुर्घटना