STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

निषेधाज्ञा लगाउने अधिकार स्थानीय प्रशासनलाई

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख १४, मंगलबार

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले निषेधाज्ञा लगाउने अधिकार स्थानीय प्रशासनलाई दिएको छ । यससँगै अब संक्रमणको स्थिति हेरेर जिल्ला तहबाटै निषेधाज्ञा लागू हुने भएको छ ।

त्यसका लागि मापदण्ड पनि बनाइएको छ । जसअनुसार हिमाली तथा पहाडी जिल्लामा सक्रिय संक्रमितको संख्या २ सय र काठमाडौं उपत्यका तथा तराईका जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय पुगेपछि निषेधाज्ञा जारी हुन सक्ने छ ।

त्यसरी लगाइएको निषेधाज्ञा कम्तीमा १५ दिनको हुनुपर्ने छ । एक हप्तामा कोरोनाको चेन ब्रेक नहुने भएकाले निषेधाज्ञा कम्तीमा १५ दिन लगाइने भएको हो ।

यससँगै उपत्यकाका तीन जिल्लामा लगाइन लागिएको निषेधाज्ञा वैशाखभरका लागि लागू हुने भएको छ ।

यसका साथै निषेधाज्ञा लगाउनुपूर्व सर्वसाधारणलाई केही समय दिनुपर्ने भएको छ । अकस्मात निषेधाज्ञा लगाउन भने नपाइने भएको छ ।

Categorized in राजनीति