STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

निलकृष्ण–जशोदा सिटौला फाउण्डेशनद्वारा विभिन्न व्यक्तित्व सम्मानित

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ फाल्गुण ३, आइतबार

निलकृष्ण–जशोदा सिटौला फाउण्डेशन, नर्दन क्यालिफोर्नियाद्वारा आयोजित सम्मान तथा पुरस्कार अर्पण समारोह २०८२ मा सामाजिक अभियन्ता तथा संयुक्त अपाङ केन्द्रका अध्यक्ष तिलबहादुर कार्की  सहित विभिन्न क्षेत्रका व्यक्तित्वहरू एक समाारोहमा  सम्मानित भएका छन् ।

साे समारोहका क्रममा कार्कीलाई नगद ७२ हजार रुपैयाँसहित सम्मान प्रदान गरिएको हो । विगत दुई दशकदेखि अभिभावकविहीन तथा असहाय बालबालिकाको क्षेत्रमा निरन्तर काम गर्दै आएका कार्कीलाई सामाजिक सेवामा पुर्‍याएको योगदानको कदरस्वरूप सम्मान गरिएको आयोजकले जनाएको छ ।

सम्मानपछि कार्कीले फाउण्डेशनले आफ्नो संस्थालाई पहिलेदेखि सहयोग गर्दै आएको उल्लेख गर्दै उक्त सम्मानले सामाजिक कार्यप्रति जिम्मेवारी अझ बढाएको बताए । उनले भने, “संस्थाको प्रतिनिधित्व गर्दै सम्मानित हुँदा समाजसेवामा अझ गम्भीर भएर लाग्नुपर्ने महसुस भएको छ ।”

फाउण्डेशनका संस्थापक ईश्वर कान्त सिटौलाका अनुसार चिकित्सा विज्ञानदेखि साहित्य, शिक्षा, पत्रकारिता, संगीत तथा सामाजिक सेवासम्मका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने नेपाली व्यक्तित्वहरूलाई यस वर्ष सम्मान गरिएको हो ।

यस वर्ष सम्मानित हुने व्यक्तित्वहरूमा

– प्रा. डा. लोक विक्रम थापा (चिकित्सा विज्ञान, सिन्धुली)

– प्रा. डा. टंकनाथ धमला (गणित विज्ञान)

– जिबराम भण्डारी (अनुसन्धानमूलक पत्रकारिता, ओखलढुंगा)

 – रिन्चेन योञ्जन (गोपाल योञ्जन फाउण्डेशन)

– भूषिता वशिष्ठ (साहित्य तथा संस्कृति, धरान–सुनसरी)

– सन्तोष परियार (आधुनिक शिक्षण पद्धति, दाङ)

– देवी घर्ती (लोकगायन, बागलुङ)

– तिलबहादुर कार्की (सामाजिक सेवा)

– खेमराज निरौला (महाकाव्य रचना, ताप्लेजुङ)

फाउण्डेशनले समाज रूपान्तरण र सकारात्मक योगदानलाई सम्मान गर्दै आगामी दिनमा अझ व्यापक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।

Categorized in साहित्य-कला