STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

निर्देशक समाजद्वारा लक्ष्मीनाथ शर्मालाई दीर्घ साधना सम्मान

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ जेठ १४, शनिबार

चलचित्र निर्देशक समाजले आफ्नो संस्थाको १४ अौं वार्षिक साधारण सभाको अवसरमा नेपाली चलचित्र जगतका अग्रज लेखक तथा निर्देशक लक्ष्मीनाथ शर्मालाई दीर्घ साधना सम्मानद्धारा सम्मानित गरिएको छ । शुक्रबार चलचित्र विकास बोर्डमा सम्पन्न कार्यक्रममा चलचित्र निर्देशक समाजले लक्ष्मीनाथ शर्मालाई दीर्घ साधना सम्मान द्वारा सम्मानित गर्नुकासाथै  आधा दर्जन चलचित्र निर्देशकलाई विशिष्ट सर्जक सम्मान द्वारा सम्मानित गरेको हो ।

नेपाल चलचित्र निर्देशक समाजको १४ औँ साधारण सभाको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा लक्ष्मीनाथ शर्माले लामो समयदेखि गरेको योगदानका लागि सम्मान गरिएको चलचित्र निर्देशक समाज निर्मित सम्मानपत्रमा उल्लेख गरिएको थियो । भारतको पुनामा रहेको फिल्म तथा टेलिभिजन इन्स्टिच्युटमा लेखन तथा निर्देशनमा स्नातक पास गरेका लक्ष्मीनाथ शर्माले ‘बदलिँदो आकाश’बाट निर्देशन यात्रा सुरु गरेका थिए । उनले १३ वटा चलचित्र निर्देशन गरेका छन् । ‘साथी’ उनले निर्देशन गरेको सर्वाधिक सफल चलचित्र हो ।

यसै गरी कार्यक्रममा अन्य निर्देशकलाई पनि उनीहरूले गरेको कामका लागि सम्मान गरिएको थियो । यसरी सम्मान पाउनेमा केपी पाठक, नरेश पौडेल, ज्ञानेन्द्र देउजा, मदन घिमिरे, सुचित्रा श्रेष्ठ र मिलन चाम्स थिए । नेपाल चलचित्र निर्देशक समाजले आयोजना गरेको कार्यक्रममा थुप्रै चलचित्रकर्मिको उपस्थिति रहेको थियो भने  चलचित्र बिकास बोर्डका अध्यक्ष दयाराम दाहाल प्रमूख अतिथीको रुपमा उपस्थित रहेका थिए ।

सोहि अवसरमा यु एन डिपी,कानुन तथा संसदिय मन्त्रालय र नर्वे दुतावास संग मिलेर नेपाल चलचित्र निर्देशक समाजले आयोजना गरेको जातीय विभेद बिरुद्धको शर्ट फिल्म कम्पिटिसनका विजेतालाई पुरस्कार पनि प्रदान गरियो। शर्ट फिल्म ‘अछोप’ ले सान्त्वना पुरस्कार नगद २५ हजार,शर्ट फिल्म ‘नयाँ जुत्ता’ले तृतीय पुरस्कार नगद पचास हजार, शर्ट फिल्म ‘शुन्य’ले दीत्तीय पुरस्कार नगद १ लाख पचास हजार र प्रथम पुरस्कार शर्ट फिल्म ‘द बास्केट’ले नगद दुई लाख प्राप्त गर्न सफल भए। उक्त कम्पिटिसनको मुख्य जुरीमा नीर शाह रहेका थिए।

Categorized in साहित्य-कला