STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

निर्देशक तीर्थ थापाले गरे उम्मेदवारीको घोषणा

Janjati Khabar – Janjati Khabar | २०७८ मङ्सिर १५, बुधबार

चलचित्र निर्देशक तथा नेपाल साँस्कृतिक संघका अध्यक्ष तीर्थ थापाले नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । मंगलबार काठमाडौंमा पत्रकार भेटघाट कार्यक्रम गर्दै उहाँले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।

काँग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघका केन्द्रीय सभापतिसमेत रहनुभएका थापाले आफ्नो हकहितका लागि कलाकर्मीले अब राजनीतिमा आउनुपर्ने देखिएकोले केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको बताउनुभएको छ ।

बिगत १५ देखि साँस्कृतिक संघको सभापति भएर बसे पनि पार्टीले आफू र संघका साथीहरूलाई उचित स्थान दिन नसकेको गुनासो  पोख्दै  थापाले पार्टीभित्र मात्र होइन, राज्यका कुनै तह–तप्कामा समेत कलाकर्मि को प्रतिनिधित्व हुन सकेको छैन,र हाम्रो नाममा राजनीतिक दलले धेरै फाइदा लुटेका छन् र त्यसैले सबैलाई सचेत गरेर हकहितका लागि लड्न समेत काँंग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको कुरा बताउनु भयाे । 

कार्यक्रममा चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले  नेपाली काँग्रेस केन्द्रीय सदस्यको उम्मेदवारी तीर्थ थापा एक्लैको नभएर सम्पूर्ण कलाक्षेत्रको भएको बताउनु भयो र आफू नेकपा एमालेमा आवद्ध भए पनि नेपाली काँग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको तीर्थ थापालाई साथ र सपोर्ट छ भन्दै उहाँ उठ्नु भनेको काँग्रेसमा सम्पूर्ण कलाकर्मीको प्रतिनिधित्व हुनु हो भनि भन्नु भयाे ।

थापालाई साथ र समर्थन गर्नका नेपाल चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधान, अभिनेता कृष्ण मल्ल, प्राविधिक संघका वर्तमान अध्यक्ष पुष्कर लामा र पूर्व अध्यक्ष मनोज के सिं , वितरक तथा चलचित्र संघका उप महासचिव गोपाल काजी कायस्थ, चलचित्र निर्देशक सम्झना उप्रेती  रौनियार  लगायत थुप्रै कलासँग सम्बन्धित व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

तीर्थ थापा नेपाली चलचित्रका पुराना निर्देशक हुनुहुन्छ । रङ्गमञ्चको नाटक अभिनय हुँदै चलचित्रको निर्देशक बन्नुभएका थापाले ‘अन्जुली’, ‘आन्दोलन’ लगायतका आधा दर्जन चलचित्र निर्देशन गर्नुभएको छ ।

Categorized in राजनीति