STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

निरा पाण्डे हत्याका अभियुक्त सार्वजनिक, हत्याको उद्देश्य लुटपाट

Janjati Khabar – Janjati Khabar | २०८० बैशाख १७, आइतबार

काठमाडौं । सरस्वतीनगरकी निरा आचार्यको हत्यामा झापाका विनोद विश्वकर्मा एक्लै जिम्मेवार रहेको प्रहरीले जनाएको छ । आज पत्रकार सम्मेलन गरी प्रहरीले अहिलेसम्मको अनुसन्धानबारे जानकारी दिएको हो ।

प्रहरीका अनुसार झापामा बाउन्सरको काम गर्ने विश्वकर्मा घटनाको एक हप्ताजति अगाडि काठमाडौं आएर लोकन्थलीमा साथीको घरमा बसेका थिए ।

घटनाको दिन उनी लोकन्थलीबाट सात बजे बस चढेर केएल टावर पुगेको र त्यहाँबाट निरु पाण्डेको पसलमा पुगेको सीआइबीका एसएसपी दिनेश आचार्यले बताए ।

आचार्यका अनुसार सुरुमा पसलमा गएर उनले भाँडाको मोलमोलाइ गरेका थिए । केही भाँडाहरु रोजिसकेपछि पैसा निकाल्ने बहानामा पसलबाट निस्किएको उनले जानकारी दिए ।

‘पसलबाट निस्किएएर १०/१५ मिनेटपछि दिउँसो २ः४४ मा फेरि फर्केर आक्रमण भएको देखिएको छ’, उनले भने । विश्वकर्माले पसलमै रहेको चक्कुले प्रहार गरेका थिए । उनले कुनै हतियार लगेका थिएनन् । हत्यापछि उनी त्यहाँबाट निस्किएर टेम्पु चढेर भागेको प्रहरीले जनाएको छ ।

आचार्यका अनुसार विश्वकर्माले निरुले लगाएको सिक्रीका साथै पसलको ड्रयरबाट ११/१२ सय रुपैयाँ लुटेका छन् । विश्वकर्माले अपराध स्वीकार गरिसकेको उनले जानकारी दिए ।

मृतक र उनको परिवारसँग विश्वकर्माको कुनै सम्बन्ध र चिनजान देखिएको छैन । उनी झापाबाट हत्याकै नियतले भने नआएको एसएसपी आचार्यले जानकारी दिए ।

चाबहिलको सरस्वतीनगरस्थित भाडा पसल सञ्चालिक नीरा पाण्डेको हत्यामा संलग्न अभियुक्त विनोद विश्वकर्माको ‘ब्याकग्राउण्ड’बारे प्रहरीले छोटकारीमा जानकारी गराएको छ ।

बाउन्सर रहँदै ३ लाख रुपैयाँ ऋण लागेपछि उनी तनावमा रहेको र उक्त ऋण चुक्ता गर्नका लागि अपराधको बाटो रोजेको बताइएको छ । साथै, हत्यापछि भारत भाग्ने सोचका झापा मोडिएको पनि बुझिएको छ । भारत भाग्नका लागि अभियुक्तले भारतमा रहेका आफन्तलाई भनिसकेको पनि थाहा हुन आएको छ । हत्याको ५ दिनसम्म भने उनी काठमाडौंमै रहेको भनिएको छ ।

वैशाख ७ गते भक्तपुरको लोकन्थली १ मा साथीको कोठामा आएर बसेको प्रहरी अनुसन्धानमा देखिएको छ । साथै, उनी त्यहाँ करिब एक हप्ताअघि साथीको कोठामा आएर बसेका थिए । वैशाख ७ गते भक्तपुरबाट अन्दाजी १०/११ बजेतिर बस चढेर चाबहिलको केएल टावर आइपुगेका र घुम्दै जाँदा अन्दाजी २ बजेतिर सरस्वतीनगरस्थित निरु पाण्डे किचनमा पुगेर केही समय भाडा किनेको जस्तो बहानामा बसेको देखिन्छ ।

त्यसपछि अन्दाजी २ बजेर ३४ मिनेट जाँदा त्यस पसलबाट एटीएमबाट पैसा निकाल्ने निहुँमा आफ्ना जिन्सी सामानहरु त्यहिँ राखेर गएको देखिन्छ । र, पुनः २ बजेर ४४ मिनेट जाँदा फेरि आरोपी पसलमा प्रवेश गर्छ र विभिन्न भाँडा देखाउने बहानामा पछाडिबाट आक्रमण गरेर हत्या गर्छ । आरोपीले पसलमै भएका छुरीहरु निरुमाथि प्रहार भएको अनुसन्धानमा देखिएको छ ।

हत्यापश्चात् निरुले लगाएको सुनको सिक्री र पैसा लिएर बाहिर निस्केको देखिन्छ । हत्यापछि त्यहाँबाट टेम्पो चढेर ओम हस्पिटलस्थित मनोहरा पुलनजिक पुग्छ । त्यसपछि त्यहाँबाट बाइकमार्फत जडिबुटी पुग्छ र पुनः बाइकमार्फत आरोपी कोठा पुगेको देखिन्छ ।

घटनामा लगाएको सर्ट, झोला, जुत्ता पनि प्रहरीले बरामद गरेको छ । साथै, हत्यापछि लुटेर लगेको सुनको सिक्री तारकेश्वर पाथीभरा सुनचाँदी पसलमा बिक्री गरेको अनुसन्धानमा खुलेको छ । उक्त सुन प्रहरीले बरामद गरिसकेको छ ।

वैशाख १३ गते सुन बिक्री गरेपछि झापातर्फ गएको प्रहरी अनुसन्धानमा देखिएको छ । आरोपीले लुटपाट गर्ने उद्धेश्ले निराको हत्या गरेको आयोजित पत्रकार सम्मेलनमा सीआइबीका एसएसपी आचार्यले बताए ।

Categorized in अपराध-दुर्घटना