STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

निफ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका विजेतालाई पुरस्कार प्रदान

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ श्रावण १८, सोमबार

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले आयोजना गरेको चौंथो नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)को पुरस्कार आइतबार एक कार्यक्रमका बीच प्रदान गरिएको छ ।  गत बैशाख २३ देखि २७ गतेसम्म भर्चुअलको माध्यमबाट सम्पन्न सो चलचित्र महोत्सव  कोरोनाको कारण अनलाइनबाट सम्पन्न भएको र पुरस्कार विजेता घोषणा पनि भए पनि पुरस्कार बितरण बाँकी रहेको थियो । सोही  निफको पुरस्कार  आइतबार राजधानीमा एक कार्यक्रमका बीच विजेतालाई पुरस्कार प्रदान गरिएको हो ।

पुरस्कृत पाँच अन्तर्राष्ट्रिय अवार्डमध्ये एक पुरस्कार आइतबार प्रदान गरिएको र बाँकी कुरियर मार्फत् पठाइने आयोजक संस्था का अध्यक्ष के पि  पाठकले जानकारी दिएको छ । कार्यक्रममा सात विधामा राष्ट्रिय अवार्ड समेत वितरण गरिएको थियो । ‘निफ’मा फिल्म ‘आमा खान्डो’ ले एकलाख नगद राशीको स्वदेशी फिचर फिल्मतर्फ पुरस्कार पाउँदा यही फिल्मबाट डान्डुप छिरिङले उत्कृष्ट निर्देशक अवार्ड पाएका छन् । त्यस्तै, फिल्म ‘लाटोकोसेरो’बाट उत्कृष्ट नायक–नायिका अवार्ड नविन शिल्पकार र सरिता गिरीले लिएकोमा  फिल्मले उत्कृष्ट छायाँकारको अवार्ड समेत पाएको थियो ।

फिचर फिल्मतर्फ उत्कृष्ट पटकथाको अवार्ड ‘सरिता टेल मि हु आइ एम’बाट सर्जियो बासोले पाए भने प्यानडेमिक डकुमेन्ट्रीतर्फ ‘सिभिल सोल्जर्स’ ले ५० हजार राशीको अवार्ड फिल्मका निर्देशक गणेश पाण्डेले हासिल गरे । ५० हजार राशीकै राष्ट्रिय शर्ट फिल्मको अवार्ड भने राजेशप्रसाद खत्री निर्देशित ‘अ स्केयरक्रो’ ले पाएको छ ।

कार्यक्रममा आयोजक संस्था नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानले पाँचौं संस्करणको निफको आवेदन समेत खुल्ला भएको प्रतिष्ठानका अध्यक्ष केपी पाठकले बताए । उनले यो पटक आउँदो चैत १० गतेदेखि १४ गतेसम्म हुने निफको पाँचौं संस्करणमा नेपाली प्रतिस्पर्धामा ५० हजार राशीको वृत्तचित्र समेत थप गरिएको जानकारी दिए ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल र आयोजक संस्था नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठक र निर्णायकहरु मध्येका वरिष्ठ फोटोग्राफर राजभाइ सुवालले विजेतालाई अवार्डको ट्रफी तथा प्रमाण पत्र प्रदान गरेका थिए ।

Categorized in साहित्य-कला