STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

निजी वनका नमूना किसान प्रसाईं

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण १२, आइतबार

चार बिघा क्षेत्रफलमध्ये अढाइ बिघा क्षेत्रफलमा निजी वन लगाएर जिल्लाकै उदाहरणीय कृषकका रुपमा परिचित हुनुहुन्छ झापा कनकाई नगरपालिका– ६ निवासी शान्तिराज प्रसाईं । विसं २०७० मा पाथीभरा निजी वनबाटिका तत्कालीन जिल्ला वन कार्यालय झापामा दर्ता गर्दै उहाँले निजी वन लगाउन शुरु गर्नुभयो । चार बिघा क्षेत्रफलमा निजी वन लगाउने सोच बनाउनुभएका उहाँले पहिलो चरणमा अढाइ बिघा क्षेत्रफलमा मात्रै निजी वन लगाउनुभयो । झण्डै १५ लाख रुपैयाँ लगानी गर्दै प्रसाईंले धान खाने खेत मासेर बिरुवा रोप्नुभयो । शुरुमा उहाँलाई धेरैले पागलको सङ्ज्ञासमेत दिनपछि परेनन् तर निरन्तरको मेहनत र लगनशीलताका कारण प्रसार्इं दम्पती ९शान्तिराज–कुसुम० लाई वन तथा वातावरण मन्त्रालयले देशकै उत्कृष्ट कृषकका रुपमा सम्मान गरेसँगै प्रसार्इं दम्पतीको चर्चा नगर, जिल्ला हुँदै देशभर फैलियो । निजी वनको व्यवस्थापन, संरक्षण, सम्वद्र्धन र व्यवस्थापनबाट वन पैदवार आपूर्ति तथा स्थानीय रोजगारीमा अभिवृद्धि एवं जैविक विविधताको संरक्षणमा योगदान पु¥याएको भन्दै वन तथा भू–संरक्षण विभागसमेतले असार ३१ गते काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच नगद रु ७५ हजारसहित पुरस्कृत गरेसँगै शान्तिराजले लगाएको निजी वन हेर्न आउनेको लर्को नै लागेको छ । दुई वर्षअघि जिल्ला वन कार्यालय झापाबाट निजी वन प्रोत्साहन पुरस्कार प्राप्त गर्नुभएका प्रसाईंले भिन्न अवधारणाका साथ वनसँगै आयमूलक व्यवसायसमेत शुरु गरेकाले यतिका धेरै सफलता प्राप्त गरेको डिभिजन वन कार्यालय झापाका डिभिजनल वन अधिकृत विष्णुलाल घिमिरेले बताउनुभयो । प्रसार्इंले अहिले आफ्नो निजी वनभित्र जडीबुटीसहित कागती र फलफूलखेती गर्नुभएको छ । उहाँले झण्डै एक हजार बोट कागती लगाउनुभएको छ भने वन क्षेत्रभित्र केरा खेतीसमेत गर्नुभएको छ । जसबाट वर्षेनी मनग्य आम्दानी लिने गरेको उहाँको भनाइ छ । योसँगै उहाँले बेसार, अदुवा, तरकारीखेती पनि गर्दै आउनुभएको छ । स्थानीय बेरोजगार युवालाई समेत रोजगारी दिलाएर निजी वनभित्र उहाँले ३०० लोकल कुखुरासमेत पाल्नुभएको छ । वनभित्रै कुखुरापालन व्यवसाय गर्दा कुखुरा पनि फष्टाउने र वनलाई समेत मल हुने भन्दै उहाँले लोकल कुखुरा पाल्नुभएको हो । कुखुरा मात्र होइन प्रसाईंले हाँस र गाईसमेत पालन गर्नुभएको छ । जसबाट उहाँले मनग्य आम्दानी लिने गरेको बताइन्छ । पछिल्लो समय झापामा निजी वन लगाउनेको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ । झापामा झण्डै ५०० निजी वन दर्ता भएका छन् । प्रसार्इंले थोरै क्षेत्रफलमा निजी वन लगाए पनि भिन्न अवधारणाका साथ शुरु गरेको वनले छोटो समयमा धेरै आम्दानी दिन थालेपछि उहाँको सिको गर्ने किसानको सङ्ख्यासमेत बढ्दो छ ।
Categorized in राष्ट्रिय