STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नारी दिवसको अवसरमा बोर्डले गरे महिला फिल्मकर्मीलाई सम्मान

Janjati Khabar – विजयरत्न असंबरे | २०८० फाल्गुण २५, शुक्रबार

नेपाल सरकार चलचित्र विकास बोर्डले ‘अन्तरराष्ट्रिय नारी दिवस’को अवसर पारेर नेपाली फिल्म क्षेत्रमा योगदान पुर्याउने ७ जना महिला फिल्मकर्मीलाई सम्मान गरेको छ । संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सम्मानित ७ महिला फिल्मकर्मीलाई जनही २५ हजार र सम्मानपत्र सहित सम्मानित गरेकि हुन् । 

मन्त्री शर्मा सपथ ग्रहणपछि पदभार ग्रहण गरेर यो कार्यक्रममा पुगेकी थिइन् । जसकाकारण, विकास बोर्डको यो कार्यक्रम निर्धारित समय भन्दा केही घन्टा ढिलो सुरु भएको थियो । 

मन्त्री शर्माले नायिकाहरू सरिता लामिछाने, प्रियंका कार्की, केकी अधिकारी, निर्देशक रेनशा वान्तवा राई, प्राविधिक ऋतु राना, द्धन्द्ध निर्देशक किरण दाहाल, रंग पत्रकार शारदा थापालाई सम्मानित गरेकी हुन् । 

कार्यक्रममा मन्त्री शर्माले फिल्म क्षेत्रमा निरन्तर क्रियाशील महिलाहरूलाई सम्मान गर्न पाउँदा खुशी लागेको बताइन् । 

कार्यक्रममा ‘चलचित्रमा नारी’ विषयमा दुई वटा अन्तरक्रिया समेत आयोजना गरिएको थियो । ‘महिला सशक्तीकरणमा महिला चलचित्रकर्मीको भूमिका, हिजो आज र भोलि’ विषयमा नायिकाहरू गौरी मल्ल, झरना थापा, केकी अधिकारी र निर्देशक रक्षा सिंह राणाले अन्तरक्रिया गरेका थिए ।

यस्तै, ‘नेपाली चलचित्रको सुरुवाती अवस्था, चलचित्र क्षेत्रमा महिलाको समस्या र चुनौती’ विषयमा संवाद गरिएको थियो । संवादमा नायिकाहरू भुवन चन्द, करिश्मा मानन्धर, शिल्पा मास्केले आफ्नो बिचार राखेका थिए । 

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले संचार मन्त्री शर्मालाई दोस्रो कार्यकालको पहिलो कार्यक्रममा नै स्वागत गर्न पाएको भन्दै खुशी व्यक्त गरे । उनले ‘मन्त्रीज्यूसँग हामीले धेरै कार्य योजना निर्माण गरेका थियौं । उहाँ नै पुनः मन्त्री बनेर आउँदा बोर्डलाई सहज भएको छ । हाम्रो कार्य योजनाले चाँडै नै मुर्तरुप पाउनेछ ।’ भनि खुशी व्यक्त गरे ।

Categorized in सिनेमा