STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नायिका भिन्तुना जोशीका दाजु पनि गायनमा

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ मङ्सिर १४, आइतबार

नेपालभाषाको सिने क्षेत्रकी  लोकप्रिय कलाकार भिन्तुना जोशी कलाकारितासंग सम्बद्ध परिवारका हुन् । उनी  अमर संगीतकार द्वारिकालाल श्रेष्ठ र प्रसिद्ध कलाकार नगिना जोशीया छोरी हुन् ।   भिन्तुना जोशीकी दिदी लसता जोशी पनि लोकप्रिय गायिका हुन् भने  अहिले उनको दाजु शरद जोशी पनि गायन क्षेत्रमा अगाडि बढेका छन् । उनले केही वर्ष अगाडि देखि कार्य व्यस्तताका कारण थाँति राखेको गीत गायन यात्रा स्वरुप बहिनी भिन्तुना जोशीसंग नेपालभाषाको युगल गीत " मन भारा भारा मिन "  संगसेगै के भयो आमा, कुराहरू , तिमिलाई दिएको आँसु लगायत   तीन वटा गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । । तीन मध्ये तिमिलाई दिएको आँसु  भिडियोको निर्देशन शिवानी बज्राचार्यले गरेका हुन् ।  । यसमा भिन्तुना जोशी संग सोहित मानन्धरले जोडि बाँधेका छन् भने  नेहा मालाकारको पनि  अभिनय रहेको छ । यी सबै भिडियो  शनिबार सिडिसि मलमा प्रिमियर गरिएको हो । 

नेपालभाषाको भिडियोको निर्देशन विश्वास बज्राचार्यले गरेका हुन् । यसमा भिन्तुना जोशी लाई मनोज महर्जनले जोडिका रुपमा साथ दिएका छन् ।

सोहो कार्यक्रममा गायक शरद जोशीको एकल स्वर रहेको तीनवटा गीतको भिडियो पनि सार्वजनिक गरिएको हो । 

 सो कार्यक्रमको प्रसिद्ध अभिनेता मदनकृष्ण श्रेष्ठ र नेवाः देय् दबुका अध्यक्ष पवित्र बज्राचार्यले प्रमुख अतिथिका रुपमा संयुक्त रुपमा पानसमा दियो प्रज्वलित गरी उदघाटन गरेका थिए  ।  नगिना जोशीले  सभापतिको रुपमा स्वागत मन्तव्य राखेको सो कार्यक्रममा भिन्तुना जोशीले धन्यवाद ज्ञापन गरेकि थिइन् । 

कार्यक्रममा म्युजिक भिडियोका निर्देशकहरुमा विश्वास बज्राचार्य र शिवानी बज्राचार्यका साथै विशिष्ट पाहाँपिं अतिथीहरुमा नृत्य निर्देशक बसन्त श्रेष्ठ, संगीतकार मनराजा नकःमि, वरिष्ठ गायक जुजुकाजि रन्जित र अग्रज सिने पत्रकार विजयरत्न असंबरेले पनि मन्तव्य राखेका थिए ।

Categorized in साहित्य-कला