STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नायिका तथा गायिका सारिकाको नयाँ गीत सार्वजनिक

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ पौष २३, बिहिबार

आगो २ र जीवन काँडा कि फूल लगायतका चलचित्रहरुमा अभिनय गरेकि नायिका सारिका घिमिरे एक गायिका का रुपमा लोकप्रिय कलाकार हुन् । उनी एक गायिका मात्र नभएर संगीतकार र गीतकार पनि हुन् भने  उनको स्वर, सङ्गीत र शब्दमा रहेको गीत ‘जुन दिन तिमीले…’   हालैमात्र सार्वजनिक भएको छ । योगेश काजीको एरेञ्ज, एचवीन किस्मतको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो    युट्युब मार्फत सार्वजनिक भएको हो ।

वीरेन्द्र भाट विपीनको निर्देशन, छायाँकन तथा सम्पादन रहेको गीतको भिडियोमा सारिका घिमिरे ले नै अभिनय गरेकि छिन् । गीतको भिडियो द ट्युन युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

नायिका तथा गायिका सारिका घिमिरेले पछिल्लो समय गायन मार्फत चर्चा बटुल्न सफल भएकी छन् भने उनका केही गीत करोडौ क्लबमा समेत पर्न सफल भएका छन् ।

Categorized in साहित्य-कला