relans
ni new 83
nib 2082 5

नयाँ नेपाली ओटीटी प्लेटफर्म ‘युएनए डिजिटल’ शुभारम्भ

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ पौष २९, मंगलबार

नेपाली डिजिटल मनोरञ्जन उद्योगमा नयाँ अध्याय थप्दै ‘युएनए डिजिटल’ ओटीटी प्लेटफर्मको औपचारिक शुभारम्भ गरिएको छ। शनिबार आयोजित समारोहमा माननीय सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलज्यूले ओटीटी प्लेटफर्मको उद्घाटन गर्नुभएको हो।

युएनए इन्टरटेनमेन्टद्वारा सञ्चालनमा ल्याइएको यस ओटीटी प्लेटफर्म १ फेब्रुअरीदेखि iOS, Google Play Store, ब्राउजर तथा टिभी संस्करणमा उपलब्ध हुनेछ। सुरुवातमा नेपाली कन्टेन्टमा केन्द्रित हुँदै करिब ६ करोड रुपैयाँ लगानीसहित ओटीटी सञ्चालनमा आउन लागेको जानकारी दिइएको छ।

कार्यक्रममा सहभागी हुँदै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले नेपाली चलचित्र तथा डिजिटल कन्टेन्टको बजार विस्तारमा यस्ता प्लेटफर्महरूले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै ‘युएनए डिजिटल’लाई शुभकामना व्यक्त गर्नुभयो।

‘युएनए डिजिटल’ मार्फत नेपाली फिल्म, ओरिजिनल सिरिज तथा शोका साथै भारतीय, बंगलादेशी र जापानी कन्टेन्ट पनि क्रमशः दर्शकमाझ ल्याइने तयारी रहेको छ।

चलचित्र विकास बोर्ड नेपाली चलचित्र, डिजिटल प्लेटफर्म तथा नवीन प्रविधिमैत्री पहलहरूलाई सधैं स्वागत र प्रोत्साहन गर्दछ।

Categorized in सिनेमा
ppp 2