STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नगरवासीलाई कृषिमा आत्मनिर्भर बनाउन टिकाथलिमा भाजु तरकारी व फलफूल बजार

Janjati Khabar – विजयरत्न असंबरे | २०८० श्रावण १२, शुक्रबार

ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिकाका वडा ५  टिकाथलिको बुद्ध पार्टि पाएलेस जाने सुविधा सम्पन्न र व्यवस्थित रुपमा एउटा बृहत बजार खुलेको छ । नयाँ खुलेको उक्त भाजु तरकारी तथा फलफूल बजारको महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठबाट उदघाटन गरिएको छ । 

महालक्ष्मी नगरपालिका विशेषगरी  कृषि उब्जनिका लागि प्रसिद्ध ठाउँ हो भने  टिकाथलि त तरकारी खेतिका निमित्त उर्बर भुमि मानिने उदगार व्यक्त गर्दै मेयर श्रेष्ठले महालक्ष्मी नगरपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन अाफ्नो तर्फबाट गहन रुपमा प्रयत्न भइरहेको बताए ।  प्रमूख अतिथी मेयर श्रेष्ठले आफ्नै  भुमिमा उत्पादित कृषिजन्य वस्तु आफ्नै भुमिमा बिक्रि गर्ने व्यवस्था स्वरुप महालक्ष्मी नगरपालिका वडा ५  टिकाथलिमा खुलेको भाजु तरकारी तथा फलफूल बजारले नगरको कृषि उद्यमलाई ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे  ।

नयाँ खुलेको यो बजारका प्रमूख धन गोविन्द महर्जनको सभापतित्वमा संपन्न  उदघाटन समारोहमा महालक्ष्मी नगरपालिकाका उपमेयर लक्ष्मी महर्जनले नगरपालिकाले कृषि उद्यमलाई सहयोग गर्ने उद्देश्यले कृषकहरुलाई  अार्थिक अनुदान दिंदै आएको कुरा बताए  । कार्यक्रममा  उक्त बजारका सल्लाहकार दिपक के सि लगायत नगरपालिकाका दसवटै वडाका वडाध्यक्षहरुको पनि उपस्थिति रहेको थियो । उक्त बजार उदघाटन समारोहका संयाेजक सरस्वति महर्जनले आफ्नै भुमिमा यसरी व्यवस्थित र सुविधायुक्त तरकारी तथा फलफूल बजार खुलेकोले महालक्ष्मी नगरपालिकाका कृषि उद्यमीहरु लगायत  स्थानिय बासिन्दाहरु लाभान्वित हुने कुरामा अाफु विश्वस्त रहेको बताए ।

Categorized in उपत्यका