STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नगरपालिकाको अनुरोधमा कीर्तिपुरका बैंकहरु खुल्ने

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र १५, शनिबार

काठमाडौं– कोरोना भाइरस संक्रमण रोमकथाको लागि नेपाल सरकारले घोषणा गरेको लकडाउनको समय कीर्तिपुर नगरपालिकाले बैंकहरुलाई सेवा दिन अनुरोध गरेको छ । नगरपालिकाको अनुरोधमा बैकहरु आफ्ना सेवा दिने भएका छन् । विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरस कोभिड–१९ संक्रमणको कारण नेपाललगायत विभिन्न देशहरु लकडाउनको स्थितिमा रहेका छन् । यस सन्दर्भमा कीर्तिपुर नगरपालिकाले नगरबासीको सुविधालाई ध्यानमा राखी नगर क्षेत्रमा रहेका विभिन्न बैंकहरु व्यवस्थित रुपमा खोल्न अनुरोध गरेको छ । यस अनुरोधमा बैंकहरुले आफ्ना सेवा संचालनमा ल्याउने विश्वास दिलाएका छन् । विभिन्न मितिमा नगरका विभिन्न बैंकहरु खोलिने कीर्तिपुर नगरपालिकाले एक सार्वजनिक सुचना जारी गरी जनाएको छ । कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनद्वारा हस्ताक्षरित बैंक सञ्चालनसम्बन्धी सुचनामा नगरभित्र संचालित बैकहरु विभिन्न मितिमा दुई दिनको अन्तरमा सञ्चालन हुनेभएको छ । यस सुचनाअनुसार कीर्तिपुरका बैंकहरु नेपाल बैंक लि., कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एनआईसी बैंक, बंगलादेश बैंक शुक्रबार (चैत १३ गते) शुक्रबार संचालन भएको थियो । यसैगरी, शनिबार चैत्र १५ गते बिहान ८ बजेदेखि १० बजेसम्म ग्लोबल आईएमई बैंक खुल्ने भएका छन् । मुक्तिनाथ बैंक बिहान ८ देखि १० सम्म खुल्ने भएको छ । शनिबार नै बिहान १० बजेदेखि १२ बजेसम्म सिभिल बैक र सिटिजन बैंक खुल्ने भएका छन् भने दिनको १२ बजेदेखि २ बजेसम्म कुमारी बैंक र ज्योति विकास बैंक खुल्ने भएका छन् । चैत्र १६ गते आइतबार बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म सिद्धार्थ बैंक र प्राइम बैंक खुल्ने भएका छन् भने दिउँसो १२ बजेदेखि २ बजेसम्म प्रभु बैंक र लक्ष्मी बैंक खुल्ने भएका छन् । आइतबार नै दिउँसो २ बजेदेखि ४ बजेसम्म माछापुच्छ्रे बैंक, नबिल बैंक र जनता बैंक खुल्ने भएका छन् ।
Categorized in उपत्यका